logo
२०८१ बैशाख १२ बुधवार



लिभरपुलको अपराजित यात्रा कायमै

खेलकुद |


लिभरपुलको अपराजित यात्रा कायमै


एजेन्सी
काठमाडौं, पुस १८ गते । प्रिमियर लिगमा लिभरपुलले आफ्नो अपराजित यात्रा कायमै राखेको छ । एन्फिल्डमा उसले शेफिल्ड यूनाइटेडमाथि जित हात पार्दै अपराजित यात्रालाई कायम राखेको हो । लिभरपुलको लगातार यो १८ औं जित हो । उसले ५१ औं खेलमा पनि अपराजित यात्रालाई कायम राख्यो ।
शेफिल्ड यूनाइटेडमाथि २–० को सहज जितमा लिभरपुलका लागि मोहम्मद सलह र साडियो मानेले सामान एक एक गोल गर्नुभयो । खेलको चौथो मिनेटमै गोल गरेर लिभरपुलले १–० को अग्रता लियो । एण्डी रोबर्टसनले दिनुभएको पासमा मोहम्मद सलहले गोलपोष्ट नजिकैबाट गर्नुभएको प्रहार गोलमा परिणत हुँदा लिभरपुलले अग्रता लिन सफल भयो ।
खेलको ६४ औं मिनेटमा मोहम्मद सलहले गर्नुभएको प्रहारलाई साडिओ मानेले गोलमा परिणत गर्दै खेल २–० को स्थितिमा ल्याउनुभयो । जितसँगै शिर्ष स्थानको लिभरपुलले प्रतिद्वन्दी लेसास्टर र म्यान्चेष्टर सिटिसँग १३ अङ्कको स्पष्ट अग्रता लिएको छ ।
जर्गन क्लोपको लिभरपुल जारी सिजनमा ६० अङ्कभन्दा मात्रै दुई अङ्क कम रहेको छ । उता क्रिस विल्डरको शेफिल्ड यूनाइटेड भने हारका बावजूद आठौं स्थानमा छन् । पाँचौं स्थानको टोलीभन्दा ऊ मात्रै दुई अङ्कले पछाडि परेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?