logo
२०८१ बैशाख १३ बिहीवार



बक्सिङ स्वर्ण विजेता सनिल शाही सम्मानित

खेलकुद |


बक्सिङ स्वर्ण विजेता सनिल शाही सम्मानित



गोरखापत्र अनलाइन
काठमाडौं, मङ्सिर २७ गते । तेह्रौं साग खेलकुद अन्तर्गत बक्सिङ ६० केजी तौल समूहमा स्वर्ण विजेता सनिल शाहीलाई स्थानीय संघसंस्थाले सम्मान गरेको छ ।

नेपाल ओलम्पिक कमिटीका प्रमुख तथा काठमाडौं क्षेत्र नम्बर ८ का सांसद जीवनराम श्रेष्ठले विजेता शाहीलाई उहाँकै टोल ओमबहालस्थित २३ वडा कार्यालयमा सम्मान गर्नुभएको हो ।

सम्मान गर्नुहुँदै श्रेष्ठले साग खेलकुदले नेपालको इज्जत जोगाएको बताउँदै भविष्यमा खेलकुद क्षेत्रलाई झन् उचाईंमा पु¥याउन सबै खेलाडीलाई आह्वान गर्नुभयो ।

आउने ओलम्पिक तथा एसियाली खेलको तयारी र खेलाडीको प्रोत्साहनको लागि सरकारले कुनै पनि कसर बाँकी नराख्ने बताउँदै सागमा खेलाडीहरुले ल्याउनुभएको सफलताले सरकारलाई नै अचम्मित पारेको बताउनुभयो ।

सम्मानित खेलाडी सलिन शाहीले विभिन्न संघसंस्था र सरकारले दिएको मौकालाई सदुपयोग गर्दै नेपालको लागि स्वर्ण जित्न पाउँदा धैरे खुसी लागेको बताउनुभयो ।

उहाँले अरु क्षेत्रमा बेकार भएर बस्नुभन्दा देशको लागि युवाले खेलकुदमा धेरै योगदान दिन सक्नेमा जोड दिनुभयो ।

सम्मान गर्न २३ वडाका अध्यक्ष मचाराजा महर्जन, ओलम्पस क्लबका अध्यक्ष पवित्र ब्रजाचार्यलगायतले सनिल शाहीका कारणले आफ्नो वडालाई चिनाउँदै स्थानीय युवालाई नयाँ जोश र जाँगर दिएको अभिव्यक्ति दिनुभयो ।

विजता शाहीलाई मौलिक परम्परा अनुसार विभिन्न संघसंस्थाले सगुन दिँदै सम्मान गरेको थियो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?