logo
२०८१ बैशाख ७ शुक्रवार



साग बक्सिङ्गको फाइनलमा ६ नेपाली

खेलकुद |


साग बक्सिङ्गको फाइनलमा ६ नेपाली


गोरखापत्र अनलाइन
काठमाडौं, मङ्सिर २१ गते । तेह्रौं दक्षिण एसियाली खेलकुद सागको बक्सिङ्ग विधाको उपाधिको लागि महिला तर्फ चारजना नेपाली बक्सरले स्थान सुनिश्चित गरेका छन् । पुरुष विधामा समेत दुई नेपाली बक्सर स्वर्ण पदकको होडमा स्थान सुनिश्चित गरेका छन् । महिला तर्फ चार र पुरुष तर्फ दुई गरी छ जना बक्सरले स्वर्ण पदकको लागि स्पर्धा गर्नेछन् । 
शनिबार सम्पन्न बक्सिङ्ग विधाका खेलबाट ललिता महर्जन, मिनु गुरुङ्ग, संगिता सुनार, र पुनम रावल स्वर्ण पदकको लागि स्पर्धा गर्नुहुनेछ । बक्सिङ्गमा नेपालले हालसम्म तीन वटा कास्य पदक मात्रै जित्न सकेको छ । सुशिल थापा, पुरन राई र अर्जुन सिंहले कास्य पदक जितेपनि स्वर्ण पदकको होडमा छ जनै खेलाडी पुग्दा कम्तिमा रजत पाउने तय भएको छ ।
ललिताले ४८ किलो, मिनुले ५४ किलो, संगिताले ६० किलो र पुनमले ६४ किलो तौल समूहमा स्वर्ण पदकको लागि स्पर्धा गर्नुहुनेछ । त्यसैगरी, नेपाली बक्सर अशिष दुवाडीले ९१ किलो र भुपेन्द्र थापाले ६४ किलो तौल समूहमा स्वर्णको लागि खेल्नुहुनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?