logo
२०७७ असोज ६ मंगलवार

साग कुस्तीमा नेपाललाई पहिलो स्वर्ण

खेलकुद |


2019-12-07-5234


गोरखापत्र अनलाइन
काठमाडौं, मङ्सिर २१ गते । संगिता धामीले तेह्रौं दक्षिण एसियाली खेलकुद(साग)को कुस्ती विधामा नेपालका लागि पहिलो स्वर्ण जित्नुभएको छ । उहाँले ५५ किलो तौल समूहमा स्वर्ण पदक जित्नुभएको हो ।
जनकपुरधाममा शुक्रबारबाट सुरु भएको सागको कुस्ती विधाको खेलमा संगिताले शनिबार बङ्गलादेशकी सकिरा सरकारिनेलाई हराएर स्वर्ण पदक प्राप्त गर्नुभयो । सागको कुस्ती विधामा नेपालले स्वर्ण जितेको यो पहिलो अवसर हो । पहिलो दिन नेपालले एक रजत र तीन कास्य पदक जितेको थियो । सकिरालाई संगिताले ४–१ ले हराउँदै नेपाललाई ४३ औं स्वर्ण पदक दिलाउनुभयो ।
स्वर्ण पदक जिते लगत्तै संगिता भावुक हुन पुग्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?