logo
२०८१ बैशाख १३ बिहीवार



साइक्लिङ्गमा तेस्रो स्वर्ण, लक्ष्मीको नाममा नेपालको ३१ औं स्वर्ण

खेलकुद |


साइक्लिङ्गमा तेस्रो स्वर्ण, लक्ष्मीको नाममा नेपालको ३१ औं स्वर्ण


गोरखापत्र अनलाइन
काठमाडौं, मङ्सिर १९ गते । लक्ष्मी मगरले तेह्रौं दक्षिण एसियाली खेलकुद साग अन्तगर्त साइक्लिङ्गको क्रस कन्ट्री विधामा स्वर्ण पदक जित्नुभएको छ । उहाँको पदकसँगै नेपालले स्वर्णको संख्या ३१ पुर्याएको छ । उक्त स्पर्धामै उषा खनालले रजत पदक प्राप्त गर्नुभयो ।
गोकर्णमा साइक्लिङ्ग क्रस कन्ट्री विधामा चार किलोमिटर दूरी लक्ष्मीले १ मिनेट२०.२० सेकेण्डमा पुरा गर्नुभयो । उषाले उक्त दूरी १ मिनेट ३५.५२ सेकेण्डमा पुरा गर्नुभयो । सोही स्पर्धामा भारतकी प्रनिता प्रफुल सोमनले दूरी पार गर्न एक मिनेट ३६.२९ सेकेण्ड लगाएर कास्य पदक प्राप्त गर्नुभयो ।
साइक्लिङ्गमै नेपालले बुधबार दुई स्वर्ण जितेको थियो । बुधबार साइक्लिङ्गको डाउनहिल स्पर्धामा राजेश मगर र निश्मा श्रेष्ठले स्वर्ण पदक दिलाउनुभएको थियो ।
निमा घर्तीमगरले १३ औं दक्षिण एसियाली खेलकुद सागको ऊसु विधा अन्तगर्तको थाउलो नान्दौमा स्वर्ण पदक जित्नुभएको छ । उहाँले बङ्गलादेशकी मोर्जिना अख्तरलाई पराजित गर्नुभयो ।
लगनखेलस्थित आर्मी कभर्ड हलमा बिहीबार सम्पन्न खेलमा निमाले १८.१९ स्कोर ल्याउन स्वर्ण पदक जित्नुभयो । बङ्गलादेशकी अख्तरले १६.३ अङ्क ल्याउनुभयो । श्रीलङ्काकी सञ्जु कुमारीले १४.७९ अङ्क जोडेर उक्त विधामा कास्य पदक जित्नुभयो ।
निमाले यसअघि १२ औं दक्षिण एसियाली खेलकुदमा समेत स्वर्ण पदक जित्नुभएको थियो । उहाँले उसुमा लगातार दुईपटक स्वर्ण पदक जित्ने कीर्तिमान समेत बनाउनुभयो ।
नेपालले साग उद्घाटनको दोस्रो दिन सबैभन्दा बढी १५ स्वर्ण जितेको थियो । मङ्गलबार ८ स्वर्ण जितेको नेपालले बुधबार ऊसु, कराँते र डुवायथोलन तथा तेक्वान्दोमा एक एक र साइक्लिङ्गमा दुई स्वर्ण थप्दै २९ स्वर्ण पुर्याएको थियो ।
पदक तालिकामा नेपाल दोस्रो स्थानमा यथावत छ । भारतले ३६ स्वर्णसहित पदक तालिकामा शिर्ष स्थानमा छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?