logo
२०८० चैत्र १६ शुक्रवार



फुटबलमा नेपालले श्रीलङ्काको सामना गर्दै

खेलकुद |


फुटबलमा नेपालले श्रीलङ्काको सामना गर्दै


गोरखापत्र अनलाइन
काठमाडौं, मङ्सिर १८ गते । नेपालले तेह्रौं दक्षिण एसियाली खेलकुद (साग) अन्तगर्त पुरुष फुटबलमा श्रीलङ्काको सामना गर्दैछ । पहिलो खेलमा भुटानलाई हराएको नेपालले आफ्नो दोस्रो खेलमा साँझ पाँच बजे श्रीलङ्का विरुद्ध खेल्दैछ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद(राखेप) परिसरस्थित दशरथ रङ्गशालामा दुबै टोली साग पुरुष फुटबल विधामा स्पर्धा गर्न लागेको हो । पहिलो खेलमा दुई गोल गर्नुभएका कप्तान सुजल श्रेष्ठ र एक गोल गर्नुभएका अभिषेक रिजाललाई भुटान विरुद्धको खेलमा श्रीलङ्का विरुद्धको खेलका लागि दोस्रो हाफको केही समय विश्राम दिइएको थियो ।
पहिलो खेलमा भुटानलाई ४–० को फराकिलो अन्तरले हराएको नेपाल आफ्नो दोस्रो खेलमा उच्च आत्मबलका साथ रङ्गशालामा उत्रिनेछ । अङ्क तालिकामा पनि नेपाल शिर्ष स्थानमा रहेको छ ।
श्रीलङ्का भने माल्दिभ्स विरुद्धको पहिलो खेलमा बराबरी खेलेको थियो । एक अङ्कका साथ बङ्गलादेशसँग श्रीलङ्का अङ्कतालिकाको पुछारमा छन् । माल्दिभ्सले भने दुई अङ्क जोडेर तालिकाको तेस्रो स्थानमा छन् । भुटानले दुई खेलमध्ये पहिलो खेलमा बङ्गलादेशमाथि जित हात पारेर तीन अङ्कसहित दोस्रो स्थानमा छ ।
प्रतियोगितामा प्रत्येक टोलीले चार चार वटा खेल खेल्नेछन् । बढी अङ्क ल्याउने दुई टोलीबीच स्वर्ण पदकका लागि स्पर्धा हुनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?