logo
२०८१ बैशाख १३ बिहीवार



कराँते कुमुतेमा अनुपमालाई स्वर्ण, स्वर्ण संख्या २५ पुग्यो

खेलकुद |


कराँते कुमुतेमा अनुपमालाई स्वर्ण, स्वर्ण संख्या २५ पुग्यो
तस्बिरः राजेन्द्र चित्रकार


गोरखापत्र अनलाइन
काठमाडौं, मङ्सिर १८ गते । तेह्रौं दक्षिण एसियाली खेलकुदमा नेपालले २५ औं स्वर्ण जितेको छ । सागको तेस्रो दिन कराँते कुमुते खेलमा नेपालकी अनुपमा मगरले स्वर्ण पदक जित्दा नेपालको स्वर्ण संख्या २५ पुगेको हो । कराँते विधामा मात्रै नेपालको स्वर्ण पदकको संख्या १० पुगेको छ ।
उहाँले ६८ किलो तौल समूहको फाइनल स्पर्धामा पाकिस्तानकी नर्गिसलाई ६–३ ले हराउनुभयो । नर्गिसले इन्डोनेसियामा गत वर्ष सम्पन्न एसियाली खेलकुद प्रतियोगितमा नेपालकी रिता कार्कीलाई हराएर कास्य पदक जित्नुभएको थियो ।
अनुपमाले श्रीलङ्काकी विजेकुन माथिमोहमदमाथि ७–४ ले जित हात पार्दै स्वर्ण पदकको स्पर्धामा पुग्नुभएको थियो ।
यसअघि बुधबार बिहान ऊसु थाउलोको नानछान अलराउन्ड स्पर्धामा दिपक हमालले स्वर्ण पदक दिलाउनुभयो । ऊसुमा नेपालको यो तेस्रो स्वर्ण पदक हो । हमालले भारतका साजन लामालाई १९.१२ को अपेक्षा १९.३२ स्कोर गर्नुभयो । भारतका लामा भने रजत पदक हात पार्नुभयो । बङ्गलादेशका मोहम्मद आमेर हुस्सैनले कास्य पदक जित्नुभयो । आमेरले १७.१८ स्कोर गर्नुभयो ।नेपालले साग उद्घाटनको भोलीपल्द सोमबार १५ स्वर्ण जितेको थियो । दोस्रो दिन आठसहित मंगलबार कुल स्वर्ण २३ पुर्याएको नेपालले बुधबार बिहान दुई स्वर्ण जितेर कुल स्वर्ण संख्या २५ पुर्याएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?