साग फुटबलमा बङ्गलादेशमाथि भुटानको रोमाञ्चक जित

खेलकुद |


2019-12-02-5022


गोरखापत्र अनलाइन
काठमाडौं, मङ्सिर १६ गते । तेह्रौं दक्षिण एसियाली खेलकुद अन्तगर्त पुरुष फुटबलमा भुटानले बङ्गलादेशमाथि जित हात पारेको छ । दोस्रो हाफको ६५ औं मिनेटमा भुटानले गरेको एक मात्र गोल नै खेलको निर्णायक गोल हुन पुग्यो ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सोमबार अपरान्ह सम्पन्न खेलमा भुटानले उत्कृष्ट प्रदर्शन गर्दै बङ्गलादेशमाथि १–० को जित हात पार्यो । भुटानका लागि कप्तान चेञ्चो गेल्सीले ६५ औं मिनेटमा गोल गर्दै भुटानलाई खेलमा १–० को अग्रता दिलाउनुभयो । भुटानका प्रशिक्षक पेमाले खेलाडीको उत्कृष्ट लय, मौसम अनुकूलता र नेपाली प्रशंसकबाट पाएको समर्थनले महत्वपूर्ण तीन अङ्क जोडन सफल भएको बताउनुभयो ।
विश्व वरियतामा भुटानभन्दा बङ्गलादेशमाथि रहेको छ । १८९ औं स्थानमा रहेको भुटानले १८७ औं स्थानको बङ्गलादेशमाथि जित हात पार्नुमा भुटानको आजको खेल रहेको बङ्गलादेशका इंग्लीश प्रशिक्षक जेम्स डीउले बताउनुभयो । उहाँले हारको कारणबारे थप खुलाउँदै भन्नुभयो, खेलाडी थकियो थियो, र म्याच रेफ्रीको केही निर्णयमा समेत चित्त बुझेन ।
भुटानले यसअघि बङ्गलादेशमाथि २०१५ मा पहिलोपटक जित हात पारेको थियो । यो उसको दोस्रो जित हो । बङ्गलादेशले भने भुटानलाई दुई पटक हराएको थियो । पहिलोपटक २–० र दोस्रो पटक ४–१ ले जित हात पारेको बङ्गलादेशले हारपछि विश्व वरियतामा तल रहेको भुटानको प्रदर्शनलाई सकारात्मक रुपमा लियो ।
साग फुटबलको लिग चरणमा प्रत्येक राष्ट्रले चार म्याच खेल्नेछन् । बढी अङ्क जोड्ने दुई राष्ट्र उपाधिको होडका लागि छनोट हुनेछ । आजै दोस्रो खेलमा माल्दिभ्सले श्रीलङ्काको सामना गर्दैछ ।
मङ्गलबार साग पुरुष फुटबलमा नेपालले पहिलो खेलमा भुटानको सामना गर्नेछ । भुटानी प्रशिक्षक पेमाले भन्नुभयो, “बङ्गलादेश विरुद्धको खेलमा समर्थन पाएपनि नेपाल विरुद्ध खेल्दा घरेलु समर्थन हुने छैन्, हाम्रो लागि चुनौतीपूर्ण हुनेछ, अलि अलि भएपनि नेपाली दर्शकको समर्थन हुने अपेक्षा राख्छु ।”

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?