logo
२०८१ बैशाख १३ बिहीवार



पहिलो टेष्टको तेस्रो दिनमै भारतको जित

खेलकुद |


पहिलो टेष्टको तेस्रो दिनमै भारतको जित


एजेन्सी
इन्दौर, कात्तिक ३० गते । भारतले बङ्गलादेश विरुद्धको पहिलो टेष्ट म्याच एक इनिंग्स र १ सय ३० रनको विशाल अन्तरले जितेको छ । खेलको तेस्रो दिन नै बङ्गलादेशलाई दोस्रो इनिंग्समा मात्र २ सय १३ रनमा समेटेर भारतले सहज जित हात पारेको हो ।
बङ्गलादेशले पहिलो इनिंग्समा १ सय ५० रन बनाउँदा भारतले आफ्नो पहिलो इनिंग्स ६ विकेटको क्षतिमा ४ सय ९३ रनमा घोषणा गरेको थियो । पहिलो इनिंग्समा ३ सय ४३ रनले पछाडि परेको बङ्गलादेशले खेलको तेस्रो दिनमा दोस्रो इनिंग्समा मात्र २ सय १३ रनमा समेटिएपछि भारतले एक इनिंग्स र १ सय ३० रनको जित हात पार्न सफल भयो । बङ्गलादेशका लागि मुश्फीक्र रहिमले सर्वाधिक ६४ रनको योगदान दिनुभयो । लिटोन दास ३५ तथा मेहदी हसन मिराजको ३८ रन अतिरिक्त अन्य कुनै पनि ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्नुभएन ।
भारतका बलिङ्गमा मोहम्मद सामीले सर्वाधिक चार, रबिचन्द्रन अश्विनले तीन तथा उमेश यादबले दुई र इशान्त शर्माले एक विकेट लिनुभयो ।
यसअघि इन्दौरमा टस जितेर पहिला ब्याटिङ्ग गरेको बङ्गलादेशले मुश्फीक्र रहिमको ४३ रनको सहयोगमा पहिलो इनिंग्समा १ सय ५० रनमा समेटिन पुग्यो । भारतका लागि मोहम्मद सामीले सर्वाधिक तीन विकेट लिनुभयो । इशान्त शर्मा, उमेश यादब र रबिचन्द्रन अश्विनले दुई दुई विकेट लिनुभयो ।
जवाबमा भारतले मयन्क अग्रवालको दोहोरा शतक र अजिन्क्यै रहानेको ८६ तथा रबिन्दर जडेजाको अविजित ६० रनको सहयोगमा पहिलो इनिंग्स ४ सय ६३ रनमा घोषणा गर्यो । अग्रवाल खेलको म्यान अफ द् म्याच घोषित हुनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?