logo
२०८१ बैशाख ८ शनिवार



टेष्ट म्याचको पहिलो इनिंग्समा बङ्गलादेश १ सय ५० रनमै खुम्चियो

खेलकुद |


टेष्ट म्याचको पहिलो इनिंग्समा बङ्गलादेश १ सय ५० रनमै खुम्चियो


एजेन्सी
इन्दौर, कात्तिक २८ गते । भारत विरुद्धको पहिलो टेष्ट म्याचको पहिलो इनिंग्समा बङ्गलादेश १ सय ५० रनको झिनो योगफलमा समेटिएको छ । जवाबमा भारतले पहिलो दिनको खेल सकिदा मात्र एक विकेटको क्षतिमा ८६ रन बनाएको छ ।
भारतका लागि चेतेश्वर पूजाराले ४३ तथा मयन्क अग्रवालले ३७ रनको ब्यक्तिगत् स्कोरबाट दोस्रो दिनको खेल अगाडि बढाउनुहुनेछ । पहिलो इनिंग्समा भारत अझै ६४ रनले पछाडि रहेको छ । उसको नौ विकेट बाँकी रहेको छ । बङ्गलादेशका लागि अबु जायेदले एक विकेट लिनुभयो ।
यसअघि इन्दौरमा टस जितेर पहिला ब्याटिङ्ग गर्ने निर्णय गरेको बङ्गलादेशको सुरुवात नै कमजोर रह्यो । ३१ रनकै स्थितिमा तीन विकेट गुमाएको बङ्गलादेशलाई कप्तान मोमिनुल हकले मुश्फीक्र रहिमसँग चौथो विकेटका लागि ६८ रनको साझेदारी गरेर स्थिरता दिने प्रयास गर्नुभयो । यद्दपी हक ३७ र रहिम ४३ रनको ब्यक्तिगत् योगफलमा पेभेलियन फर्किएपछि बङ्गलादेशी इनिंग्स लामो योगफलका लागि अग्रसर हुन सकेनन । ५१ रन जोड्दै थप पाँच विकेट पतन भएपछि बङ्गलादेश १ सय ५० रनमा समेटिन पुग्यो ।
बङ्गलादेशलाई सामान्य योगफलमा सिमित गर्न भारतका लागि मोहम्मद सामीले सर्वाधिक तीन तथा इशान्त शर्मा, उमेश यादब र रबिचन्द्रन अश्विनले सामान दुई दुई विकेट बाँड्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?