logo
२०८१ बैशाख १२ बुधवार



एसीसी इमर्जिङ्ग कपमा भारत विरुद्ध नेपालको औसत सुरुवात

खेलकुद |


एसीसी इमर्जिङ्ग कपमा भारत विरुद्ध नेपालको औसत सुरुवात


गोरखापत्र अनलाइन
काठमाडौं, कात्तिक २८ गते । एसीसी इमर्जिङ्ग एसिया कपको पहिलो खेलमा भारतको सामना गरिरहेको नेपालले कमजोर सुरुवात गरेको छ । ओपनर ज्ञानेन्द्र मल्ल डक आउट भएपछि दबाबमा आएको नेपाली पारीलाई अर्का ओपनर कुशल भुर्तेलले शरद भेषवाकरसित दोस्रो विकेटको लागि अविजित ४५ रनको साझेदारी गर्नुभएको छ । नेपालले १४ ओभरको खेल खेल्दा औसत सुरुवात गरेको हो । भुर्तेल २५ र भेषवाकर १६ रन बनाएर अविजित हुनुहुन्छ ।
बङ्गलादेशमा आजबाट सुरु भएको प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेलमा भारतको सामना गरेको छ । टस हारेर पहिला ब्याटिङ्ग गर्ने निम्ता पाएको नेपालले रन जोड्न नपाउँदै ज्ञानेन्द्र मल्लको रुपमा आफ्नो पहिलो विकेट गुमाउन पुग्यो । भारतका लागि सौरभ दुबेले इनिंग्सको दोस्रो बलमै कप्तान मल्ललाई पेभेलियनको बाटो देखाए ।
इमर्जिङ्ग कपको अन्य खेलहरुमा आज नै हङकङले बङ्गलादेशको, अफगानिस्तानले पाकिस्तानको र श्रीलङ्काले ओमानको सामना गर्दैछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?