logo
२०८० चैत्र १५ बिहीवार



महिला भलिबलको उपाधिको लागि नेपालले मल्दिभ्सको सामना गर्ने,बङ्गलादेशमाथि सहज जित 

खेलकुद |


महिला भलिबलको उपाधिको लागि नेपालले मल्दिभ्सको सामना गर्ने,बङ्गलादेशमाथि सहज जित 


गोरखापत्र अलनलाइन
काठमाडौं, कात्तिक २६ गते । नेपाल लिग चरणको अन्तिम खेल खेल्नु अगावै प्रथम एभीसी एसियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । बङ्गलादेशमाथि ३–० को सोझो सेटमा जित हात पार्दै नेपाल उपाधिको होडमा स्थान सुनिश्चित गरेको छ ।
मंगलबार बङ्गलादेशको ढाकास्थित शाहीद शुरवादी हलमा आयोजक बङ्गलादेशमाथि नेपालले सहज जित हात पारेको हो । नेपालले लिग चरणको आफ्नो अन्तिम खेलमा बुधबार मल्दिभ्सको सामना गर्दैछ । उक्त खेलमा हार बेहोरेपनि नेपाल बिहीबारको लागि निर्धारित उपाधिको होडमा स्थान सुनिश्चित गरिसकेको हो । यद्दपी मल्दिभ्स विरुद्धको खेल अङ्कतालिकामा नेपाल शिर्ष स्थानमा पुग्न महत्वपूर्ण हुनेछ । नेपालले उपाधिको लागि बिहीबार मल्दिभ्सको सामना गर्नेछन् ।


पहिलो सेटमा २५–७ को सहज जित हात पारेको नेपालले लगातार अर्को दुई सेट पनि सहजै जित्न सफल भयो । दोस्रो सेटमा सेन्टर सरस्वतीलाई विश्राम दिएको नेपालले दोस्रो सेट २५–६ ले जित्यो । तेस्रो सेटमा पनि उक्त लयलाई निरन्तरता दिदै नेपालले आयोजक बङ्गलादेशमाथि २५–६ को जित हात पार्यो ।
नेपालले अफगानिस्तान, किर्गिस्तान र बङ्गलादेश गरी लिग चरणको तीन वटा खेलमध्ये तीनवटैमा जित हात पारेको छ । तीनै खेलमा नेपालले एउटै सेटमा हार बेहोरेको छैन ।

नेपालले तीन खेलबाट ९ अङ्क बटुलेको छ । नेपालले बुधबार सामना गर्ने मल्दिभ्सले आफ्नो तीन खेलबाट ८ अङ्क बटुलेको हो । किर्गिस्तान ४ अङ्कसहित तेस्रो र बङ्गलादेश ३ अङ्कसहित चौथो स्थानमा रहेको छ । अफगानिस्तानले भने कुनै अङ्क जोडन सकेको छैन् ।
तेस्रो स्थानको लागि बिहीबार नै बङ्गलादेशले किर्गिस्तानको सामना गर्नेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?