logo
२०८० चैत्र १६ शुक्रवार



अफगानिस्तान विरुद्धको श्रृखंलामा वेष्टइन्डिजको ‘व्हाइट वाश’

खेलकुद |


अफगानिस्तान विरुद्धको श्रृखंलामा वेष्टइन्डिजको ‘व्हाइट वाश’


एजेन्सी
काठमाडौं, कात्तिक २६ गते । ओपनर ब्याट्सम्यान शाई होपले अविजित रहँदै शतक लगाएपछि वेष्टइन्डिजले अफगानिस्तान विरुद्धको तीन म्याचको एकदिवसिय श्रृखंला ‘व्हाइट वाश’ गरेको छ । तेस्रो तथा अन्तिम एकदिवसिय खेलमा वेष्टइन्डिजले पाँच विकेटको जित हात पार्दै श्रृखंला ‘व्हाइट वाश’ गरेको हो ।
अफगानिस्तानले प्रस्तुत गरेको २ सय ५० रनको लक्ष्य वेष्टइन्डिजले ४८ ओभर ४ बलमा मात्र पाँच विकेटको क्षतिमा २ सय ५३ रन बनाउँदै पुरा गरेको हो । चार रनकै स्थितिमा एडविन लेविसको रुपमा पहिलो विकेट गुमाएपछि दबाबमा आएको वेष्टइन्डिजलाई अर्का ओपनर होपले लक्ष्यसम्म पुर्याउनुभयो । होप अविजित रहँदै १ सय ९ रनको योगदान गर्नुभयो । मध्यक्रममा ब्रान्डन किंग, निकोलस पुरन, क्यारन पोलार्ड र रोष्टन चेजले संयमित इनिंग्स खेल्नुभयो । किंगले ३९ तथा पोलार्डले ३२ र चेजले अविजित रहँदै ४२ रनको योगदान दिनुभयो ।
अफगानिस्तानका लागि मुजिब ऊर रहमानले दुई विकेट तथा शरफुद्दीन अशरफ, मोहम्मद नबी र राशिद खानले सामान एक एक विकेट लिनुभयो ।
यसअघि ‘न्युट्रल भेन्यु’ भारतको लखनऊमा टस हारेर पहिला ब्याटिङ गर्ने निम्ता पाएको अफगानिस्तानले पुरा ५० ओभर खेल्दै सात विकेटको क्षतिमा २ सय ४९ रनको औसत योगफल तयार गरेको थियो । अफगानिस्तानका लागि ओपनर हज्रतुल्लाह जजैले अद्र्धशतकीय पारी खेल्नुभयो । अश्गर अफगानको ८६ रनको पारीमा अफगानिस्तान औसत योगफलसम्म पुग्न सफल भयो । मोहम्मद नबीले अविजित रहँदै ५० रनको योगदान दिनुभयो ।
वेष्टइन्डिजका लागि किमो पौलले सर्वाधिक तीन विकेट लिनुभयो । अलजरी जोसेफले दुई तथा रोमारियो सेफर्ड र रोष्टन चेजले सामान एक एक विकेट लिनुभयो ।
खेलको म्यान अफ द् म्याच शाई होप घोषित हुनुभयो । म्यान अफ द् सेरिज वेष्टइन्डिजकै अलराउण्डर रोष्टन चेज घोषित हुनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?