logo
२०८१ बैशाख १३ बिहीवार



सागका लागि फुटबल टोलीको घोषणा

खेलकुद |


सागका लागि फुटबल टोलीको घोषणा


गोरखापत्र अनलाइन
काठमाडौं, कात्तिक २५ गते । अखिल नेपाल फुटबल संघ(एन्फा)ले दक्षिण एसियाली खेलकूद(साग)को लागि नेपाली यू–२३ राष्ट्रिय फुटबल टोलीको घोषणा गरेको छ । टोलीका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले सोमबार २० सदस्यीय नेपाली फुटबल टोलीको घोषणा गर्नुभएको हो ।
घोषित टोलीमा सिनियर फुटबल टोलीका कप्तान एवम् गोलरक्षक किरण चेम्जोङ र मिडफिल्डर रोहित चन्द पर्नुभएन । दक्षिण एसियाली खेलकूद फिफा मितिमा नपरेका कारण दुबैजना खेलाडी अटाउन सकेनन ।
टोलीमा सिनियर खेलाडीको रुपमा मिडफिल्डर सुजल श्रेष्ठ, गोलरक्षक विकेश कुथ र डिफेन्सिभ मिडफिल्डर विक्रम लामालाई टोलीमा समावेश गरिएको छ । सागमा तीन सिनियर खेलाडी राख्न पाउने प्रावधान छ ।
एन्फाका अनुसार विकेश कुथु भने टोलीमा समेटिनुभएको छ । किरण टोलीमा नपरेपछि गोलकिपर सम्हाल्न विकेशलाई समावेश गरिएको हो । उहाँसँगै गोलरक्षकको रुपमा अर्पण कार्की र दीप कार्कीले स्थान पाउनुभएको छ ।
त्यसैगरी, मिडफिल्डमा राष्ट्रिय टोलीको कप्तानी सम्हालिसक्नुभएका सुजल श्रेष्ठ छन् । सुनिल बल, हेमन्त थापामगर, तेज तामाङले उहाँलाई साथ दिनुहुनेछ । रक्षात्मक पद्धतीमा अनन्त तामाङ, दिनेश राजवंशी र सुमन अर्याल, विक्रम लामा, विकास खवाल, छिरिङ गुरुङ अटाउनुभएको छ ।
फरवार्डमा विमल घर्तीमगर, अभिषेक रिजाल, रेजिन सुब्बा र अञ्जन विष्टले स्थान पाउनुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?