logo
२०८१ बैशाख १३ बिहीवार



नेपालमाथि भारतको १० विकेटको जित

खेलकुद |


नेपालमाथि भारतको १० विकेटको जित


गोरखापत्र अनलाइन
काठमाडौं, कात्तिक २५ गते । नेपाली यू १९ राष्ट्रिय क्रिकेट टोली भारतको यू १९ सी टोलीसँग दश विकेटले पराजित भएको छ । च्यालेन्जस सिरिजको पहिलो खेलमा नेपालले प्रस्तुत गरेको १ सय १७ रनको सामान्य लक्ष्य भारतको यू १९ सी टोलीले मात्र २१ ओभर खेलेर बिना कुनै विकेटको क्षतिमा पुरा गरेको हो ।
भारतको जितमा ओपनर दिव्यांश अजय कुमारले ५२ र अर्जुन आजादले ६७ रनको योगदान गर्नुहुँदै अविजित रहनुभयो । भारतीय ब्याटिङ्ग समक्ष नेपाली बलिङ्ग आक्रमण फितलो रहयो ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ्ग रोजेको नेपालले ३२ ओभर एक बलमा १ सय १६ रनमा समेटिन पुग्यो । नेपालको लागि कुशल मल्लले बनाउनुएको २६ रन नै सर्वाधिक व्यक्तिगत् स्कोर रहन गयो । भारतका लागि विद्याधर पटेल, मुज्तबा युसूफ, चिन्तला रेड्डी, शुभांग हेगडे र रवि रोशनले सामान दुई दुई विकेट लिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?