logo
२०८१ बैशाख ८ शनिवार



अष्ट्रेलियाद्वारा पाकिस्तान दश विकेटले पराजित

खेलकुद |


अष्ट्रेलियाद्वारा पाकिस्तान दश विकेटले पराजित


एजेन्सी
पर्थ, कात्तिक २२ गते । अष्ट्रेलियाले पाकिस्तान विरुद्धको तेस्रो तथा अन्तिम टी ट्वान्टी खेल दश विकेटको भारी अन्तरले जितेको छ । जितसँगै तीन म्याचको टी ट्वान्टी श्रृखंला अष्ट्रेलियाले २–० ले नियन्त्रणमा लिएको छ ।
पाकिस्तानले प्रस्तुत गरेको १ सय ७ रनको सामान्य लक्ष्य अष्ट्रेलियाले खेल सकिन आठ ओभर बाँकी छँदै बिना कुनै क्षतिमा १०९ रन बनाएर पुरा गरेको हो । अष्ट्रेलियाका लागि आरोन फिन्चले ५२ र देवीड वार्नरले ४८ रन बनाएर अविजित रहनुभयो ।
यसअघि पर्थमा टस हारेर पहिला ब्याटिङ गर्ने आमन्त्रण पाएको पाहुना टोली पाकिस्तानले पुरा २० ओभर खेल्दै ८ विकेटको क्षतिमा १ सय ६ रनको योगफल तयार गरेको थियो । पाकिस्तानका लागि मध्यक्रमका ब्याट्सम्यान इफ्तिखार अहमदको ४५ रनको योगदानले पाकिस्तान औसत योगफलसम्म पुग्न सफल रहयो । ओपनर इमाम उल हकले १४ रनको योगदान दिनुभयो । उसको इनिंग्सको अन्य आठजना ब्याट्सम्यान भने दोहोरा योगफल समेत छुन सक्नुभएन । अष्ट्रेलियाली बलरहरुमा केन रिचर्डसनले सर्वाधिक तीन विकेट लिनुभयो । मिसेल स्टार्क र सीन एबोट्टले सामान दुई दुई तथा आश्टन एगरले एक विकेट लिनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?