logo
२०८१ बैशाख ८ शनिवार



दक्षिण एशियाली खेलकूदमा कुस्ती खेल जनकपुरधाममा हुने

खेलकुद |


दक्षिण एशियाली खेलकूदमा कुस्ती खेल जनकपुरधाममा हुने


गोरखापत्र अनलाइन
काठमाडौं, कात्तिक २२ गते । आसन्न १३ औं दक्षिण एशियाली खेलकूद(साग)को कुस्तीका खेलहरु जनकपुरधाममा हुने भएको छ । यसअघि सागका खेलकूद पोखरा र काठमाडौंमा मात्रै हुने भनिएको थियो । तर कुस्तीका खेलहरु जनकपुरधाममा हुने तय गरिएको राखेपले जनाएको छ । विगतदेखि नै कुस्ती खेल जनकपुरधाम वरिपरि प्रख्यात रहेको छ ।
राष्ट्रिय खेलकूद परिषद्(राखेप)ले खेल तालिका र स्थानको सूची सार्वजनिक गरेको छ । तालिका बमोजिम कुस्तीको खेलहरु जनकपुरधामको कर्भड हलमा मंसिर २० गतेदेखि २३ गतेसम्म खेलाइनेछ । खेलकूदको इतिहासमा प्रथमपटक जनकपुरधाममा दक्षिण एशियाली खेलकूद हुन लागेको हो ।
आर्चरी, ब्याडमिन्टन, महिला क्रिकेट, महिला फुटबल, हयाण्डबल, प्याराग्लाइडिङ, ट्राइथोलन, बीच भलिबल, भारत्तोलनको खेलहरु पोखरास्थित विभिन्न रंगशाला तथा कर्भड हलमा हुने तय गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?