logo
२०८१ बैशाख १३ बिहीवार



२४२ रनको विशाल लक्ष्य पछ्याउँदै न्युजिल्याण्ड १६५ रनमा समेटियो

खेलकुद |


२४२ रनको विशाल लक्ष्य पछ्याउँदै न्युजिल्याण्ड १६५ रनमा समेटियो


एजेन्सी
काठमाडौं, कात्तिक २२ गते । इंग्ल्याण्डले न्युजिल्याण्ड विरुद्धको चौथो टी ट्वान्टी खेलमा ७६ रनको भारी अन्तरले जित हात पारेको छ । जितसँगै पाँच म्याचको टी ट्वान्टी श्रृखंला २–२ को बराबरीको स्थितिमा आएको छ ।
इंग्ल्याण्डले प्रस्तुत गरेको २४२ रनको लक्ष्य पछ्याउँदै न्युजिल्याण्डले १६ ओभर ५ बलमा मात्र १६५ रनमा समेटिएपछि उसले भारी अन्तरको हार बेहोर्नुपरेको हो । विशाल लक्ष्य पछ्याउने क्रममा न्युजिल्याण्डका लागि टिम साऊदीको ३९ रन अतिरिक्त अन्य कुनै पनि ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन । ओपनर मार्टिन गुप्टीलले कोलिन मुन्रोसित पहिलो विकेटका लागि गर्नुभएको ५४ रनको साझेदारी नै सबैभन्दा ठूलो साझेदारी रहन गयो । गुप्टील २७ तथा मुन्रो ३० रन बनाएर पेभेलियन फर्किनुभयो । इंग्लीश बलरहरुमा म्याट्ट पार्किन्सनले सर्वाधिक ४ विकेट लिनुभयो । क्रिस जोर्डन दुई, पैट ब्राउन, सैम कुर्रन र टोम कुर्रनले सामान एक एक विकेट लिनुभयो ।
यसअघि नैपियरमा टस हारेर पहिला ब्याटिङ गर्ने निम्ता पाएको पाहुना टोली इंग्ल्याण्डले पुरा २० ओभर खेल्दै मात्र ३ विकेटको क्षतिमा २४१ रनको विशाल योगफल तयार गरेको थियो । देवीड मलनले मात्र ५१ बलको सामना गर्दै ९ चौका र छ छक्काको सहयोगले १०३ रनको शतकीय पारी खेल्नुभयो । इयन मोर्गनले ४१ बलको सामना गर्दै ९१ रनको पारी खेल्नुभयो । न्युजिल्याण्डका लागि टिम साऊदीले एक तथा मिसेल सान्टनरले दुई विकेट लिनुभयो ।
खेलको म्यान अफ द् म्याच देवीड मलन घोषित हुनुभयो । टिमद्वयबीचको पाँचौं, अन्तिम तथा निर्णायक टी ट्वान्टी खेल आगामी आइतबार अकल्याण्डमा खेलाइनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?