logo
२०८१ बैशाख १३ बिहीवार



३ सय ९३ रनको लक्ष्य पछ्याउँदै नेपालको सम्हालिएको सुरुवात

खेलकुद |


३ सय ९३ रनको लक्ष्य पछ्याउँदै नेपालको सम्हालिएको सुरुवात


गोरखापत्र अनलाइन
काठमाडौं, कात्तिक २२ गते । मेरिलेबोन क्रिकेट क्लब(एमसीसी)ले नेपाल समक्ष ३ सय ९३ रनको लक्ष्य प्रस्तुत गरेको छ । जवाबमा नेपालले संयमित सुरुवात गरेको छ । लञ्च ब्रेक अघि नेपालले एक विकेटको क्षतिमा ५१ रन जोडेको छ । नेपाललाई जितको लागि ३ सय ४२ रनको आवश्यकता रहेको छ । नेपालले जित हात पार्ने सम्भावना निकै कम रहेको छ । नेपाली ब्याट्सम्यानले दिनको समाप्तीसम्म क्रिजमा बिताए खेल बराबरीमा टुंग्याउने सम्भावना रहन्छ ।
नेपालका लागि ओपनर राजु रिजाल ३१ रनमा अविजित हुनुहुन्छ । अर्का ओपनर ज्ञानेन्द्र मल्ल छ रन बनाउँदा एलबीडब्ल्यु धरापमा पर्नुभयो । विकेटकीपर ब्याट्सम्यान रिजाललाई शरद भेषवाकरले १४ रन बनाएर साथ दिनुभएको छ ।
यसअघि कीर्तिपुरमा एमसीसीले आफ्नो पहिलो पारीमा ३ सय ६४ रन बनाएको थियो । जवाबमा नेपाल मात्र १ सय ५३ रनमा खुम्चिन पुग्यो । पहिलो इनिंग्समा २११ रनको अग्रता लिएको एमसीसीले आफ्नो दोस्रो इनिंग्समा छ विकेटको क्षतिमा १८१ रन बनाएर नेपाल समक्ष ३ सय ९३ रनको लक्ष्य प्रस्तुत गरेको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?