logo
२०८० चैत्र १५ बिहीवार



होटलवाट जुवाडे पक्राउ

खुला |


होटलवाट जुवाडे पक्राउ


काठमाडौं, कात्तिक ४ गते । कैलालीको, गोदावरी नगरपालिका–७ लालपु्रमा बिरबहादुर ओलीको होटलमा जुवा खेलीरहेको समयमा प्रहरीले २८ जनालाई नियन्त्रणमा लिएको छ ।

प्रहरीले स्थानीय ३५ बर्षिया टेकबहादुर ओली सहित २८ जनालाई नियन्त्रणमा लिएको बताएको छ । प्रहरीले उनीहरुको साथवाट १ लाख ५२ हजार ७ सय ५० नेपाली रुपैया तथा २ हजार २ सय ७० भारतीय रुपैया र तासको बुक सहित आइतबार पक्राउ गरेको नेपाल प्रहरीले जनाएको छ ।
तिहार नजिकिएसँगै विभिन्न जिल्लामा प्रहरीले सकृयता बढाएको छ ।

नवलपरासी(पूर्व) देवचुली नगरपालिका–६ मुण्डेस्थित आधार रिसोर्टमा जुवातास खेलिरहेको अवस्थामा देवचुली नगरपालिका–९ बस्ने ४२ वर्षीय कोचिन बहादुर गुरूङ लगायत १८ जनालाई नगद १ लाख ४२ हजार ९ सय ४० रुपैयाँ सहित सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो ।


त्यस्तै, दाङ, घोराही उपमहानगरपालिका–१५ मिलनचोक डेरा गरी बस्ने रोल्पा माडी गाउँपालिका–४ घर भएका २९ वर्षीय निम बहादुर भण्डारीको कोठामा तास खेलिरहेको अवस्थामा भण्डारी सहित ५ जनालाई नगद ७४ हजार ५ सय ६० रुपैयाँ र २ बुक तास सहित आइतबार साँझ प्रहरीले पक्राउ गरेको जानकारी दिएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?