logo
२०८० चैत्र १६ शुक्रवार



भारतलाई ३२६ रनको अग्रता

खेलकुद |


भारतलाई ३२६ रनको अग्रता


एजेन्सी
काठमाडौं, असोज २५ गते । दक्षिण अफ्रिका विरुद्धको दोस्रो टेष्ट म्याचको पहिलो इनिंग्समा भारतले ३२६ रनको अग्रता लिएको छ । भारतले पहिलो इनिंग्समा तयार गरेको ६०१ रनको जवाबमा दक्षिण अफ्रिकी इनिंग्स मात्र २७५ रनमा समेटिएपछि भारतले ३२६ रनको अग्रता लिन सफल भएको हो । भारतले आफ्नो दोस्रो इनिंग्स खेल्ने वा दक्षिण अफ्रिकालाई फ्लो दिने बारे आईतबार चौथो दिनको खेल सुरु हुनुअघि निर्धारण हुनेछ ।
यसअघि तीन विकेटको क्षतिमा ३६ रनको योगफलबाट तेस्रो दिनको खेल अगाडी बढाएको दक्षिण अफ्रिकाको मध्यक्रमका व्याट्सम्यानहरु संयमित प्रदर्शन गर्न नसक्दा १६२ रनमै आठ विकेटको पतन भएको थियो । मध्यक्रमका व्याट्सम्यान फ्याफ डु प्लेसिसले ६४ रन बनाएर अफ्रिकी इनिंग्सलाई स्थिरता दिने प्रयत्न गर्नु भएपनि सफल हुनुभएन ।
नवौं विकेटका लागि वर्णोन फिलन्डर र केशव महाराजले १०९ रनको उत्कृष्ट साझेदारी गरेपछि अफ्रिकी इनिंग्स लामो अन्तरले पछाडी पर्नबाट जोगियो । फिलन्डर ४४ रनमा अविजित र केशव महाराज ७२ रनको योगदान दिनुभयो ।
भारतीय बलरहरुमा रबिचन्द्रन अश्विनले सर्वाधिक चार, उमेश यादबले तीन, मोहम्मद समीले दुई र रविन्दर जडेजाले एक विकेट लिनुभयो ।
यसअघि पुणेमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको भारतले कप्तान विराट कोहलीको अविजित दोहोरा शतकको सहयोगले ५ विकेटको क्षतिमा ६०१ रनको विशाल योगफलमा इनिंग्स घोषणा गरेको थियो । विराट कोहली अविजित २५४ रनको योगदान गर्नुभएको थियो । यो उहाँको सातौं दोहरा शतक हो । टेष्ट क्रिकेटको आफ्नो १३८ औं खेलमा कोहलीले सात हजार रन समेत पुरा गर्नुभएको छ ।
ओपनर रोहित शर्माको विकेट २५ रनमै खसेपछि दबाबमा आएको भारतलाई मयन्क अग्रवालले चेतेश्वर पूजारासित १३८ रनको साझेदारी गर्नुभयो । अग्रवाल शतक लगाएर १०८ रनमा पेभेलियन फर्किनुभयो । भारतका लागि पूजाराले ५८ तथा रबिन्दर जडेजाले ९१ रनको योगदान दिनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?