logo
२०८१ बैशाख १२ बुधवार



दोस्रो टेष्टमा भारतको उत्कृष्ट प्रदर्शन, दक्षिण अफ्रिकाको कमजोर सुरुवात

खेलकुद |


दोस्रो टेष्टमा भारतको उत्कृष्ट प्रदर्शन, दक्षिण अफ्रिकाको कमजोर सुरुवात


एजेन्सी
काठमाडौं, असोज २४ गते । भारतले दक्षिण अफ्रिका विरुद्धको दोस्रो टेष्ट म्याचको पहिलो इनिंग्समा विशाल योगफल तयार गरेको छ । जवाबमा शुक्रबार नै पहिलो इनिंग्सको सुरुवात गरेको दक्षिण अफ्रिकाले कमजोर प्रदर्शन गरेको हो ।
भारतले पहिलो इनिंग्समा तयार गरेको ६०१ रनको विशाल योगफल पछ्याउँदै दक्षिण अफ्रिकाले दोस्रो दिनको खेल सकिदासम्म तीन विकेटको क्षतिमा ३६ रन बनाएको छ । शनिबारको खेल एनरिक नोर्जेले २ तथा थेउनिस डे ब्रुनले २० रनको व्यक्तिगत् योगफलबाट अगाडी बढाउनुहुनेछ । ओपनर डीन एल्गर र एडन मरक्रम भारतीय तिब्र गतिका बलर उमेश यादबको शिकार हुनुभयो । टेम्बा बभुनालाई मोहम्मद शमीले पेभेलियन फर्काउनुभयो ।
यसअघि पुणेमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको भारतले कप्तान विराट कोहलीको अविजित दोहोरा शतकको सहयोगले ५ विकेटको क्षतिमा ६०१ रनको विशाल योगफल तयार गरेको थियो । विराट कोहली अविजित २५४ रनको योगदान गर्नुभयो । ओपनर रोहित शर्माको विकेट २५ रनमै खसेपछि दबाबमा आएको भारतलाई मयन्क अग्रवालले चेतेश्वर पूजारासित १३८ रनको साझेदारी गर्नुभयो । अग्रवाल शतक लगाएर १०८ रनमा पेभेलियन फर्किनुभयो । भारतका लागि पूजाराले ५८ तथा रबिन्दर जडेजाले ९१ रनको योगदान दिनुभयो ।
दक्षिण अफ्रिकी बलरहरुमा कगिसो रबाडाले तीन तथा केशव महाराज र सेनुरन मुथुस्वामीले समान एक एक विकेट लिनुभयो । तीन म्याचको टेष्ट श्रृखंलामा भारत १–० को अग्रता लिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?