logo
२०८१ बैशाख ७ शुक्रवार



विश्वकप फुटबल छनोटः नेपाल अष्ट्रेलियासँग पराजित   

खेलकुद |


विश्वकप फुटबल छनोटः नेपाल अष्ट्रेलियासँग पराजित   


    काठमाडौँ, असोज २३  गते । विश्वकप फुटबल छनोट दोस्रो चरणअन्तर्गतको समूह ‘बी’ को खेलमा नेपाल अष्ट्रेलियासँग पराजित भएकोे छ । अष्ट्रेलियाको क्यानबेरास्थित जियो रङ्गशालामा आज भएको खेलमा अष्ट्रेलियाले नेपाललाई ५–० गोलले हराएको हो ।    
    
 मध्यान्तर अघिको खेलमा अष्ट्रेलियाले तीन गोल गरेको थियो । मध्यान्तरपछि उसले थप दुई गोल ग¥यो । अष्ट्रेलियाको जितमा म्याकलरेनले तीन तथा सौटरले दुई गोल गरे । खेलको छैटौं मिनेटमा म्याकलरेनले गोल गर्दै अष्ट्रेलियालाई अग्रता दिलाएका थिए । उनले खेलको १९औँ तथा ९०औँ मिनेटमा गोल गरे । अष्ट्रेलियाका लागि सौरटरले खेलको २३औँ मिनेटमा व्यक्तिगत पहिलो तथा ५९औँ मिनेटमा दोस्रो गोल गरे । यसअघि पहिलो खेलमा नेपाल कुवेतसँग ७–० गोलले पराजित भएको थियो भने नेपालले चाइनिज ताइपेईलाई भने २–० गोलले पराजित गरेको थियो ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?