logo
२०८१ बैशाख ७ शुक्रवार



लिगलिगकोट–गोरखा दरबार म्याराथुन दौडको उपाधि गुरुङलाई   

खेलकुद |


लिगलिगकोट–गोरखा दरबार म्याराथुन दौडको उपाधि गुरुङलाई   


गोरखा ,भदौ २५ गते ।     
गोरखाको ऐतिहासिक क्षेत्र लिगलिगकोट–सिरानचोक हँुदै गोरखा दरबारसम्मको खुल्ला म्याराथुन दौडको उपाधि भीमबहादुर गुरुङले जित्नुभएको छ । गोरखा आरुघाट गाउँपालिकाको थुमीका नेपाली सेनाका पूर्व गुरुङले आज बिहान भएको प्रतियोगितामा निर्धारित ४२ किलोमिटर दुरी ३ घण्टा १७ मिनेट २ सेकेण्डमा पूरा गर्नुभयो ।    
    
 प्रतियोगितामा गरुङले ११३ जना प्रतिस्पर्धीलाई पछाडि पार्दै प्रथम ‘लिगलिगकोट–सिरानचोक–गोरखा दरबार म्याराथुन दौड’ को उपाधि जित्नु भएको हो । जितसँगै गुरुङले रु एक लाख ५० हजार पुरस्कार प्राप्त गर्नुभएको छ ।    
     
 प्रतियोगितामा रुकुमका दुर्गाराज बुढा दोस्रो हुनु भएको छ । उहाँले निर्धारित दुरी ३ घण्टा १५ मिनेट ४५ सेकेण्डमा पूरा गर्नुभएको आयोजकले जनाएको छ । यसैगरी प्रतियोगितामा नेपाली सेनाका सविन तामाङ तेस्रो हुनु भएको छ । तामाङले निर्धारित दुरी ३ घण्टा ३० मिनेट २ सेकेण्डमा पूरा गर्नुभयो । प्रतियोगितामा दोस्र्रो हुनु सफल बुढाले रु एक लाख र तेस्रो हुन सफल तामाङले रु ७५ हजार नगद पुरस्कार प्राप्त गर्नुभएको छ ।    
    
 एक सय १४ जनाको सहभागिता रहेको प्रतियोगितामा चौथो, पाँचौ, छैठौँ, सातौँ, आठौँ, नवौँ र दशौँ हुनेलाई क्रमशः रु ५० हजार, रु ३५ हजार, रु ३० हजार, रु २० हजार, रु १५ हजार र रु १० हजार नगदसहित पदक र प्रमाणपत्र प्रदान गरिएको छ । इतिहास र पर्यटनको प्रबद्र्धन गर्न नेपाल भ्रमण वर्ष २०२० को पूर्वसन्ध्यामा गोरखाको ऐतिहासिक क्षेत्रको प्रचार–प्रसारका लागि प्रतियोगिताको आयोजना गरिएको सिरानचोक गाउँपालिका अध्यक्ष राजु गुरुङले जानकारी दिनुभयो ।    
    
 अध्यक्ष गुरुङले विसं १६१६ भदौ २५ गते द्रव्य शाहलाई पस्लाङमा राज्याभिषेक गरेर गोरखा राज्यको स्थापना गरिएको सम्झनामा आज प्रतियोगिता गरिएको बताउनुभयो । नेपाल एकीकरणको उद्गमस्थल गोरखाको पालुङटार नगरपालिकाको लिगलिगकोटदेखि सिरानचोक गाउँपालिकाको चित्रेपोखरी, गोरखा नगरपालिकाको छेवेटार हुँदै रामशाहको चौताराबाट गोरखा दरबारसम्म पुगेर समापन भएको थियो ।    
    
 नेपाल एकीकरणको उद्गम थलो गोरखाको इतिहास स्थलको जगेर्ना गर्दै पर्यटन प्रर्वद्धनमा सहयोग पु¥याउने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको पालुङटार नगरपालिकाका प्रमुख दिपकबाबु कडेलले जानकारी दिनुभयोे । गोरखाको पालुङटार नगरपालिका, गोरखा नगरपालिका, सिरानचोक गाउँपालिका र रणसिंह दल गणको आयोजनामा प्रतियोगिता सम्पन्न भएको हो ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?