logo
२०८० चैत्र १५ बिहीवार



एसीसी अन्डर १९ एशिया कप क्रिकेटमा श्रीलङ्कासँग नेपाल पाँच विकेटले पराजित

खेलकुद |
फिचर |


एसीसी अन्डर १९ एशिया कप क्रिकेटमा श्रीलङ्कासँग नेपाल पाँच विकेटले पराजित


ईश्वरचन्द्र झा
काठमाडौं, भदौ २० गते । नेपालले श्रीलङ्कामा जारी एसीसी अन्डर १९ एशिया कप क्रिकेट प्रतियोगितामा पाँच विकेटले हार बेहोरेको छ । समूह बी अन्तर्गतकाे खेलमा जितसँगै श्रीलङ्काले दुई अङ्क आर्जन गरेको छ ।
कोलम्बोमा नेपालले प्रस्तुत गरेको १६० रनको सामान्य लक्ष्य श्रीलङ्काले खेल सकिन ५० बल बाँकी छँदै मात्र पाँच विकेटको क्षतिमा पूरा गरेको हो । श्रीलङ्काका लागि कामिल मिसाराले सर्वाधिक ५५ रनको योगदान दिनुभयो । अविषा थरिन्डु २५ रन बनाएर अविजित रहँदा चमिन्डु विजेसिंघेले एक रन बनाएर अविजित रहनुभयो । नेपालले नियमित अन्तरालमा विकेट लिएपनि श्रीलङ्काले सहज रुपमा लक्ष्य पाउन सफल रह्यो ।
नेपालका लागि पवन सर्राफ र राशिद खानले कसिलो बलिङ्ग गर्नुभयो । सर्राफले ९ ओभरमा मात्र २८ रन खर्चेर एक विकेट लिनुभयो । खानले छ ओभर चार बलमा मात्र २१ रन खर्चेर दुई विकेट लिनुभयो । कमल सिंह ऐरी र सागर ढकालले एक एक विकेट लिनुभयो ।
यसअघि टस जितेर पहिला ब्याटिङ्ग गर्ने निर्णय गरेको नेपालले ४२ ओभरमा सिमित गरिएको खेलमा ९ विकेटको क्षतिमा १५९ रनको योगफल तयार गरेको थियो । नेपालका लागि रित गौमले उत्कृष्ट सुरुवात गर्नुहुँदै ५४ रनको योगदान दिनुभयो । रोहित पौडेलले ४७ रनको योगदान गर्नुभयो । राशिद खान १५ र सूर्य तामाङ्ग एक रन बनाएर अविजित रहनुभयो । नेपालको पारिमा सातजना ब्याट्सम्यानले दोहोरा स्कोर बनाउन सकेनन् ।
श्रीलङ्काका लागि नावोद परनाविताना र दिलशान मधुशंकाले सामान तीन तीन विकेट लिनुभयो । रोहन सञ्जया र एशियान डेनियलले एक एक विकेट लिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?