logo
२०८० चैत्र १५ बिहीवार



नेपाल र मरिससबीचको खेल दर्शकसहित हुने

फुटबल |
खेलकुद |


नेपाल र मरिससबीचको खेल दर्शकसहित हुने


काठमाडौँ, माघ ११ गते । दशरथ रंगशालामा माघ १५ र १८ गते हुने नेपाल र अफ्रिकी देश मरिससबीचको खेल दर्शक सहितको हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।

सरकारले निर्धारण गरेको स्वास्थ्य मापदण्ड अपनाएर रंगशालालामा कूल दर्शक क्षमताको एक तिहाईलाई मात्र प्रवेश दिईने एन्फाले जानकारी दिएको छ । एन्फाका अनुसार मैत्रीपूर्ण खेलका लागि दर्शकलाई साधारण प्यारापिटको पाँच सय र भिआईपी प्यारापिटको एक हजार रुपियाँ शुल्क तय गरिएको छ ।

दशरथ रंगशालाको कूल दर्शक क्षमता १५ हजार रहेको छ । फुटबल हेर्न टिकट काट्ने दर्शकले कोरोना खोप लगाएको कार्ड अनिवार्य देखाउनुपर्ने छ । दुवै खेल साँझ ४ः४५ बजे हुनेछ । मैत्रीपूर्ण खेलका लागि मरिसस टोली सोमबार काठमाडौँ आईसकेको छ । नेपाली टोली पनि अन्तिम तयारीमा छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?