logo
२०८१ बैशाख १३ बिहीवार



नवदीप सैनीले डेब्यु गर्दै, मयनक ‘आउट’, रोहित शर्माको पुनरागमन

खेलकुद |


नवदीप सैनीले डेब्यु गर्दै, मयनक ‘आउट’, रोहित शर्माको पुनरागमन
तस्विर-गेट्टी इमेजेज


गोरखापत्र अनलाइन
काठमाडौं, पुस २२ गते । तीब्र गतिका बलर नवदीप सैनीले भारतका लागि अष्ट्रेलिया विरुद्धको तेस्रो टेष्ट खेलमा डेब्यु गर्नुहुने भएको छ । सैनीले दोस्रो टेष्ट खेलमा घाइते हुनुभएका उमेश यादबलाई बिस्थापित गर्नुहुनेछ । भारतीय टोलि ब्यवस्थापनले बिहीबारदेखि सुरु हुने सिड्नी टेष्टका लागि ‘अन्तिम एघार’ घोषणा गर्दा दुई जना खेलाडीबाहेक मेलबर्न टेष्टकै टोलिले निरन्तरता पाउनेछन् ।
सिड्नी टेष्टका लागि अन्तिम एघारमा रोहित शर्माको समेत पुनरागमन हुने भएकोे छ । मयनक अग्रवाल टोलिबाट बाहिरिनुभएको छ । उहाँको स्थानमा ओपनर ब्याट्सम्यानको रुपमा रोहित शर्माले पुनरागमन गर्नुभएको छ । शर्माले यसअघि २०१९ को नोभेम्बरमा भारतका लागि टेष्ट खेल्नुभएको थियो । सन् २०१८ मा मेलबर्न टेष्ट खेलेर बीचमै भारत फर्किनुभएका शर्माले त्यसअघि न्युजिल्याण्ड विरुद्धको घरेलु श्रृखंलाको पाँच टेष्ट पारीमध्ये तीनमा शतक लगाउनुभयो ।
न्युजिल्याण्ड र अष्ट्रेलिया विरुद्धको पछिल्लो दुई टेष्ट श्रृखंलामा ३४, ५८, ७, ३, १७, ९, ० र पाँच रन बनाउनुभएका मयनक अग्रवाल तेस्रो टेष्टबाट बाहिरिनुभएको छ ।
टोलिका अन्य सदस्यहरुमा शुभमन गिल, चेतेश्वर पूजारा, अजिन्क्यै रहाने, हनुमा बिहारी, ऋषभ पन्त, रबिन्दर जडेजा, रबिचन्द्रन आश्विन, जसप्रित बुमराह र मोहम्मद सिराज छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?