गोरखापत्र अनलाइन
काठमाडौं, मंसिर ११ गते । भारतका विदेश सचिव हर्षवर्धन शृङ्लले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्नुभएको छ । आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भेट गर्नुभएको प्रधानमन्त्रीको प्रेस सल्लाहकार सूर्य थापाले बताउनुभयो । उहाँ नेपाल भ्रमणका लागि आज काठमाडाैं आइपुग्नु भएकाे थियाे ।