logo
२०८० चैत्र १६ शुक्रवार



लिभरपुलको शेफिल्ड यूनाइटेडमाथि जित

खेलकुद |


लिभरपुलको शेफिल्ड यूनाइटेडमाथि जित
तस्विर-गेट्टी इमेजेज


गोरखापत्र अनलाइन
काठमाडौं, कात्तिक ९ गते । डिफेन्डिङ च्याम्पियन लिभरपुलले शेफिल्ड यूनाइटेडमाथि जित हात पारेको छ । लिगको लगातार दुई खेल जित्न नसकेको लिभरपुलले शेफिल्डमाथि जितसँगै अङ्कतालिकामा सामान अङ्क ल्याएर एभर्टनसँगै शीर्ष स्थान साझा गरेको छ । पछिल्लो खेलमा उसले आष्टन भिल्लासँग ७–२ को फराकिलो अन्तरको हार बेहोरेको थियो ।
प्रिमियर लिग अन्तगर्त गए राति अबेर सम्पन्न खेलमा लिभरपुलले लयमा आउन संघर्षरत शेफिल्ड यूनाईटेडलाई २–१ ले हराएको हो । भर्जिल भान डाइकको स्थान पाएका मिडफिल्डर फाबिन्होले फौल गर्दा शेफिल्डले पाएको पेनाल्टीको अवसरलाई गोलमा परिणत गर्दै लिभरपुलमाथि १–० को अग्रता कायम गर्यो । १३ औं मिनेटमा फाबिन्होले ओलिभर म्याकबर्नीलाई लडाउँदा पाएको पेनाल्टीको अवसरलाई सान्डर बर्जले गोलमा परिणत गर्नुभयो ।
साडिओ मानेको प्रहारलाई रोबर्टो फिरमिन्होले हाफ टाइम हुनुभन्दा चार मिनेट अघि गोलमा परिणत गर्दै लिभरपुललाई बराबरीको स्थितिमा ल्याउनुभयो । ६२ औं मिनेटमा अलेक्जेण्डर आर्नोल्डको क्रसलाई मोहम्मद सलहले गोलमा परिणत गरे पनि अफसाइड ठहरिदा लिभरपुल अग्रता लिनबाट वञ्चित हुन पुग्यो । दुई मिनेटपछि जोटाले गर्नुभएको गोल लिभरपुललाई २–१ को जित दिलाउन पर्याप्त भयो ।
उता म्यान्चेष्टर यूनाइटेड भने लगातार छैठौं खेलपछि पनि जित हात पार्न सकेन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?