logo
२०८० चैत्र १५ बिहीवार



अली खान आईपीएल खेल्न लागेका पहिलो अमेरिकी क्रिकेटर

खेलकुद |


अली खान आईपीएल खेल्न लागेका पहिलो अमेरिकी क्रिकेटर
तस्विर-गेट्टी इमेजेज


गोरखापत्र अनलाइन
काठमाडौं, भदौ २७ गते । तिब्र गतिका बलर अलि खान इन्डियन प्रिमियर लिग खेल्ने पहिलो अमेरिकी क्रिकेटर बन्न लाग्नुभएको छ । उहाँको सहभागिताको प्रस्ताव स्वीकृतिका लागि प्रिमियर लिग बोर्डमा पठाइएको छ ।
इंग्ल्याण्डका तिब्र गतिका बलर हयारी गर्नीले काँधको शल्यक्रिया गर्नुपर्ने भएकोले आफ्नो नाम फित्र्ता लिएपछि कलकत्ता नाइट राइडर्सले उहाँको स्थानमा अलि खानलाई समावेश गर्न लागेको हो । क्यारेबियन प्रिमियर लिगमा ट्रिनबागो नाइट राइडर्सका लागि खेल्नुभएका खानसहितको फोटो इन्स्टाग्राममा राख्दै ड्वायन ब्राभोले अर्को गन्तब्य दुबई हुने उल्लेख गर्नु भएको छ । इन्डियन प्रिमियर लिगमा कलकत्ता नाइट राइडर्स अभिभावक रहेकै कम्पनीकै मातहात क्यारेबियन प्रिमियर लिगमा ट्रिनबागो नाइट राइडर्स टोलि रहेको छ ।
क्यारेबियन प्रिमियर लिगमा खानले आठ खेलमा प्रति ओभर ७.४३ रन खर्चेर आठ विकेट लिनुभएको छ । खानको औसत बलिङ स्पिड १४० किलोमिटर प्रति घण्टा मापन गरिएको छ । र उहाँ बीचको ओभरमा बलिङ गर्दै आउनुभएको छ ।
खन योर्कर लम्बाईको बलिङका लागि समेत चिनिनुहुन्छ । सन् २०१९ मा नामीबिया विरुद्धको खेलमा ४९ औं ओभरमा तीन विकेट लिएर उहाँले आफ्नो महत्वलाई दर्शाउनुभएको थियो । १२ बलमा १४ रन आवश्यक छँदा उहाँको बलिङले नामीबियालाई रोक्दा अमेरिकाले एकदिवसीय क्रिकेट खेल्ने मान्यता यथावत राखेको थियो ।
सन् २०१८ मा अमेरिकाले केन्यालाई हराउँदा खान म्यान अफ द् म्याच घोषित हुनुभएको थियो । कलकत्ताले गत् वर्ष समेत खरिद गरेपनि अलि खान अन्तिम एघारमा स्थान सुनिश्चित गर्न सक्नुभएन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?