logo
२०८१ बैशाख ४ मंगलवार



प्रिमियर लिगका दुई खेलाडीमा कोरोना सङ्क्रमणको पुष्टि

खेलकुद |


प्रिमियर लिगका दुई खेलाडीमा कोरोना सङ्क्रमणको पुष्टि


गोरखापत्र अनलाइन
काठमाडौं, जेठ १२ गते । प्रिमियर लिगका दुई खेलाडीमा कोरोनाभाइरसको सङ्क्रमणको पुष्टि भएको छ । सङ्क्रमित दुईजनामध्ये एकजना बर्नमाउथका खेलाडी रहेका छन् । नयाँ दुई जना थपिएसँगै प्रिमियर लिगका आठ जना खेलाडी कोरोनाभाइरसको सङ् क्रमित भएको बीबीसीले जनाएको छ ।
प्रिमियर लिगले मंगलबारदेखि शुक्रबारसम्म ९९६ जना खेलाडीमा कोरोनाभाइरसको परीक्षण गरेको छ । परीक्षणपछि सङ्क्रमणको पुष्टि भएको आठैजनालाई एक साताका लागि आइसालेशनमा राखिनेछ । गत् मंगलबारदेखि प्रिमियर लिगको बाँकी खेलका लागि प्रशिक्षण सुरु गरिएको छ । प्रिमयर लिगको ९२ खेल खेल्न बाँकी छन् ।
कोरोनाभाइरस सङ्क्रमणको जोखिमका बीच गत् १३ मार्चदेखि प्रिमियर लिगका खेलहरु स्थगित भएको थियो । प्रिमियर लिगका प्रमुख कार्यकारी रिचर्ड मास्टर्सले जुनमा प्रिमियर लिगका खेलहरु सुरु हुनेमा विश्वस्त रहेकोले तयारी पूर्णरुपमा गरिएको उल्लेख गर्नुभएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?