logo
२०८० चैत्र १६ शुक्रवार



खेलाडी आवासलाई क्वारेन्टाइनमा प्रयोग गर्न एन्फाको अनुरोध

खेलकुद |


खेलाडी आवासलाई क्वारेन्टाइनमा प्रयोग गर्न एन्फाको अनुरोध


एजेन्सी
काठमाडौं, चैत्त ९ गते । अखिल नेपाल फुटबल संघले आफ्नो भौतिक संरचना अस्थायी क्वारेन्टाइन र आइसोलेशन वार्डको रुपमा प्रयोग गर्न सकिने जनाएको छ । उसले खेलाडी आवासलाई अस्थायी क्वारेन्टाइन र आइसोलेशको लागि प्रयोग गर्न सकिने जनाएको छ ।
एन्फाको ललितपुरस्थित कम्प्लेक्ससँगै बुटवल, धरान र रौतहट गरी चार स्थानमा खेलाडी आवास भवन रहेको छ । प्रवक्ता किरण राईले उक्त चारवटै भवन क्वारेन्टाइनको रुपमा प्रयोग गर्न सकिने जनाएको छ । उहाँले नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहले आफ्नो आवश्यकता बमोजिम उक्त संरचनालाई प्रयोग गर्न सक्ने खुलाउनुभएको छ ।
त्यसैगरी, एन्फाले विपदको घडीमा देशैभरिको खेलकुदको भौतिक संरचनालाई प्रयोगमा ल्याउन अनुरोध गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?