logo
२०८० चैत्र १५ बिहीवार



वाग्मती प्रदेशमा दुईदिने सुरक्षा गोष्ठी शुरु   

राष्ट्रिय |


वाग्मती प्रदेशमा दुईदिने सुरक्षा गोष्ठी शुरु   



हेटौँडा, फागुन १० गते । गृहमन्त्रालयद्वारा आजदेखि यहाँ वाग्मती प्रदेशस्तरीय दुईदिने सुरक्षा गोष्ठी शुरु भएको छ । सुरक्षा गोष्ठीमा प्रदेशका १३ वटै जिल्लाको शान्तिसुरक्षाको अवस्था, नागरिकता वितरण, पासपोर्ट वितरण, अपराध नियन्त्रणका लागि विभिन्न उपाय, चीन र नेपालको सिमानासम्बन्धी समस्या समाधानका लागि समीक्षा गर्ने कार्यक्रम रहेको मकवानपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले बताउनुभयो ।    
    
 उक्त गोष्ठीमा गृहमन्त्रालयका सचिव महेश्वर न्यौपाने, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख र नेपाली सेनाका उच्चस्तरीय सुरक्षा अधिकृतको सहभागिता रहेको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ ।    
    
 प्रदेशका १३ वटै जिल्लाका प्रजिअ, जनपथ र सशस्त्र प्रहरीका प्रमुख, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख र नेपाली सेनाका गणपतिको सहभागिता रहेको जिल्ला प्रशासन कार्यालय जनाएको छ । गृहमन्त्री रामबहादुर थापा आइतबार सुरक्षाका प्रमुखलाई निर्देशन दिनुहुने भएको आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मट्टेलले बताउनुभयो ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?