logo
२०८१ बैशाख ६ बिहीवार



पाकिस्तान सुपर लिगका लागि पाँच खेलाडीको नाम सिफारिश

खेलकुद |


पाकिस्तान सुपर लिगका लागि पाँच खेलाडीको नाम सिफारिश


गोरखापत्र अनलाइन
काठमाडौं, कात्तिक २२ गते । नेपाल क्रिकेट संघ(क्यान)ले पाकिस्तान सुपर लिगको आगामी संस्करणको लागि पाँच खेलाडीको नाम सिफारिश गरेको छ । संघले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलको आग्रहमा पाँच खेलाडीको नाम सिफारिश गरेको जनाएको छ ।
क्यानले सिफारिश गरेको खेलाडीमा विकेटकीपर ब्याट्सम्यान विनोद भण्डारी, तिब्र गतिका बलर करण केसी, अलराउन्डर पवन सर्राफ, स्पिनर ललित नारायण राजवंशी र अलराउन्डर आरिफ शेष रहेका छन् । क्यानले सिफारिश गरेको नामावली आईसीसीले पाकिस्तान सुपर लिगको मस्यौदाको लागि पठाउनेछन् । पाकिस्तान क्रिकेट बोर्डले प्रत्येक वर्ष सुपर लिगको आयोजना गर्दै आएको छ । लिगको आगामी संस्करण फेब्रुअरी २० देखि मार्च २२ सम्म चल्नेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?