logo
२०८० चैत्र १५ बिहीवार



आइसोलेसनमा नबस्नु बहादुरी होइन : विश्वप्रकाश शर्मा

राजनीति |


आइसोलेसनमा नबस्नु बहादुरी होइन : विश्वप्रकाश शर्मा
फाइल तस्बिर


काठमाडौं, माघ १४ गते। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आइसोलेसनमा नबस्नु बहादुरी नभएको बताउनुभएको छ। प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) अध्यक्ष केपी ओलीको नाम नलिई उहाँ आइसोलेसनमा नबसेकोप्रति लक्षित गर्दै यस्तो बताउनुभएको हो।

संक्रमण पुष्टि भएपछि आइसोलेसनमा बस्नु सबैको जिम्मेवारी र त्यसलाई पालना नगर्नु गैह्र जिम्मेवारीको पराकाष्ठा भएको उहाँको भनाइ छ। संक्रमण पुष्टि भएको चार दिनमै ओली सार्वजनिक कार्यक्रममा सहभागी भएका खबर सार्वजनिक भएपछि शर्माको यस्तो टिप्पणी आएको हो।

महामन्त्री शर्माले फेसबुकमा स्टाटस लेख्दै कोरोना संक्रमणपछि आफू पूर्ण सयम आइसोलेसनमा बसेर सांगठनिक काममा फर्किएको जानकारी गराउनुभएको छ।

‘संक्रमण पुष्टिपछि आइसोलेसनमा बस्नु हामी हरेकको जिम्मेवारी हो। पालना नगर्नु बहादुरी होइन, गैह्र जिम्मेवारीको पराकाष्ठा, कानुनको उलंघन र अन्य नागरिकको जीवनप्रति गम्भीर खेलबाड समेत हो’, शर्माले फेसबुकमा लेख्नुभएको छ, ‘यही ज्ञान र विज्ञान आत्मसात गरेर, संक्रमणपछि पूर्ण आइसोलेसनमा बसेर, बल्ल सांगठनिक काममा फर्केको छु । सबैको शुभेच्छाप्रति आभार। जय नेपाल।’

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?