logo
२०८० चैत्र १५ बिहीवार



नेपाली भूमि डुब्ने गरी सिमानामा भारतले बनाएको सडकको नेपाली पक्षद्वारा निरीक्षण

खुला |
प्रदेश |


नेपाली भूमि डुब्ने गरी सिमानामा भारतले बनाएको सडकको नेपाली पक्षद्वारा निरीक्षण
सिमा क्षेत्रमा भारतले बनाउदै गरेको सडकको नेपाली पक्षद्वारा अनुगमन गरिदै । तस्विर ः गोपी ज्ञवाली ।


गोपी ज्ञवाली
नवलपरासी, माघ ११ गते । पश्चिम नवलपरासीको सीमावर्ती क्षेत्रमा नेपाली भूमि डुबान हुने गरी भारतले सीमा क्षेत्रमा बनाउदै गरेको सडकको नेपाली पक्षद्वारा अनुगमन गरी विरोध गरिएको छ ।
अन्तर्राष्ट्रि मान्यता विपरित नेपाली भूमि एवं बस्ती ढुबान हुने गरी भारतले सिमाना दशजगा जनिकै बनाई रहेको सडक र त्यसको प्रभावको विषयमा बुझनका लागि नवलपरासीका प्रमुख जिल्ला अधिकारी सहित सुरक्षा निकायका अधिकारीहरुले सेमवार निरीक्षण गरेको नवलपरासीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्राले बताउनु भएको छ ।
नेपालको चुरे पहाडहरुबाट दक्षिण भारततर्फ बगने नदिनालाहरुको बहाव रोकिने गरि भारतले दशगजा देखि करिब १० मिटरको दुरीमा पश्चिमदेखि पूर्वतर्फ चार लेनको सडक निर्माण गरिरहेको छ । भरतले यसरी बनाई रहेको सडक पश्चिम भारतको सिद्धार्थनगर (कपिल्बस्तु पारी), महारजगञ्ज हँुदै अहिले नवलपरासीको दक्षिणी पारी तर्फ पुर्याएको छ । अन्तर्राष्ट्रिय मापदण्ड विपरित बनाउँदै गरेको यो सडकले नेपालतर्फ नवलपरासीका दर्जनौं गाउँबस्ति सहित सयौं विगाहा खेती योग्य जमिन डुबानमा पर्ने छन ।
यो सडक निर्माणले नेपाललाई ठूलो क्षति हुने भन्दै नेकपा एमाले नवलपरासीले गत विहीवार नवलपरासीका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रिलाई ज्ञापन पत्र बुझाए पछि यो विषय सतहमा आएको थियो ।
यसै क्रमम सोमवार प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा जिल्लाका सशस्त्र र नेपाल प्रहरीका अधिकारीहरु सहितको टोलीले संयुक्त रुपमा यस सडकको निरिक्षण गरेको छ । यस क्रममा नेपाली भूभि डुबान हुने गरि बनाउँदै गरेको सडकको निर्माण र यसले नवलपरासीलाई पर्ने असर प्रति नेपालको आपत्ति रहेको कुरा भारतको महाराजगंजका प्रमुख जिल्ला अधिकारी (डिएम) सत्यन्द्र कुमारलाई बताईएको नवलपरासीका प्रमुख जिल्ला अधिकारी मिश्राले बताउनु भयो । यस क्रममा महाराजगंजका सहायक प्रमुख जिल्ला अधिकारी (एसडिएम) सत्यप्रकाश मिश्रा, सडक निर्माण गरिरहेको संस्था पीडब्लुडिका प्रमुख लगायत संग कुराकानी भएको बताईएको छ ।
नेपालका दर्जनांैै गाउँहरु डुबानमा पर्ने गरि बनाईएको यो सडकको ऊचाई एउटा बाँधको जस्तै करिब ६ फिटको उचाई रहेको छ । उत्तरबाट वगने खोला, नाला झरन लगायतको पानी बग्ने गरी आवश्यक स्थानहरुमा बल्वर्ट, साईफन नराखी बनाईएको यो सडकका कारण नवलपरासीको पाल्हीनन्दन, सरावल एवं सुस्ता गरि तीन गाउँपालिकाका करिब दुई दर्जन गाउँ बस्ती एवं हजारौ विगाहा खेत डुबानमा पर्ने छन ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?