logo
२०८० चैत्र १६ शुक्रवार



मधेश प्रदेशमा आज बलिदानी दिवस मनाइँदै

राष्ट्रिय |


मधेश प्रदेशमा आज बलिदानी दिवस मनाइँदै


जनकपुर, माघ ५ गते । मधेश प्रदेश सरकारले आज विशेष कार्यक्रम गरी मधेश बलिदानी दिवस मनाउन लागेको छ । मधेश आन्दोलनका क्रममा सिराहाको लाहानमा रमेश महतोको मृत्यु भएको आजको दिनलाई मधेश बलिदानी दिवसको रुपमा प्रदेश सरकारले मनाउँदै आएको हो ।

मधेस प्रदेश सरकारले यसवर्ष बलिदानी दिवसको अवसर पारेर सप्तरी सदरमुकाम राजविराजमा विशेष कार्यक्रम गर्न लागेको छ । मुख्यमन्त्री लालबाबु राउतलगायत प्रदेश सरकार मन्त्री, प्रदेशसभा सदस्य र विभिन्न राजनीतिक दलका शीर्ष नेताको विशेष उपस्थितिमा दिउँसो आयोजना हुने कार्यक्रममा मधेश आन्दोलनका क्रममा शहीद भएकाको परिवारलाई सम्मान र आर्थिक सहयोग प्रदान गर्ने कार्यक्रम छ ।

यस्तै मधेश आन्दोलनका क्रममा घाइते र आपाङ्गता भएकालाई समेत आर्थिक सहायता प्रदान गर्ने कार्यक्रम रहेको प्रदेश सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजनामन्त्री शैलेन्द्रप्रसाद साहले बताउनुभयो । सो कार्यक्रममा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायतका शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम छ ।

मधेश बलिदानी दिवसको अवसरमा मधेश प्रदेश सरकारले आज पनि सार्वजनिक बिदा दिएको छ । प्रदेशको नाम मधेश प्रदेश र राजधानी जनकपुरधाम कायम गरेको खुसीयालीमा हिजो मङ्गलबार पनि सार्वजनिक बिदा दिएको प्रदेश सरकारले आज बुधबार पनि मधेश बलिदानी दिवसको अवसरमा सार्वजनिक बिदा दिएको हो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?