logo
२०८० चैत्र १६ शुक्रवार



काँग्रेस केन्द्रीय सदस्य (खुला महिलातर्फ) नौ जना निर्वाचित

मुख्य समाचार |


काँग्रेस केन्द्रीय सदस्य (खुला महिलातर्फ) नौ जना निर्वाचित


काठमाडौं, पुस ५ गते । नेपाली काँग्रेस केन्द्रीय सदस्य (खुला महिलातर्फ) मतगणना सकिएको छ । सोमबार साँझ सकिएको मतगणनामा महिला खुलातर्फ नौ जना केन्द्रीय सदस्य निर्वाचित हुनुभएको काँग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।
निर्वाचन समितिका सचिव अधिवक्ता केशव रिजालले निर्वाचित हुनुहुनेमा डा.डिला पन्त संग्रौलाले २८ सय २५, पुष्पा भुसालले २७ सय १८ र डा. आरजु राणा देउवाले २५ सय ३५ मत प्राप्त गर्नुभएको जनानकारी दिनुभयो ।
यसैगरी अम्बिका बस्नेतले २३ सय ३९, ईश्वरी न्यौपानेले २२ सय ५९, सरिता प्रसाईंले दुई हजार ९६, रमा कोइरलाले १८ सय ५८, सुशीला ढकालले १८ सय १४ र रंगमती शाहीले १७ सय ८९ मत प्राप्त गर्नुभएको उहाँले बताउनुभयो । सचिव रिजालले अहिले मुस्लिम, थारु, मधेशी, प्रदेश १ र बागमती प्रदेशको मतगणना भइरहेको जानकारी दिनुभयो । मंगलबार खस आय, आदिवासी जनजातीको मतगणना हुने उहाँले बताउनुभयो । त्यसपछि गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको मतगणना हुने छ । मतगणना सकिन अझै दुई वा तीन दिन लाग्ने रिजाल बताउनुहुन्छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?