logo
२०८१ बैशाख ७ शुक्रवार



कोरोनाको नयाँ रुप ओमिक्रोन फैलिन नदिन निगरानी

स्वास्थ्य |


कोरोनाको नयाँ रुप ओमिक्रोन फैलिन नदिन निगरानी


काठमाडौं, मङ्सिर १३ गते । कोरोना भाइरसको नयाँ रुप (भेरियन्ट) ओमिक्रोन देखिएपछि नेपालमा पनि सतर्कता अपनाउन थालिएको छ । दक्षिण अफ्रिकामा देखिएको ओमिक्रोन भाइरस नेपालमा पनि फैलन सक्ने आँकलन गरिएपछि सतर्कता अपनाउन थालिएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले नेपालमा अहिलेसम्म कोरोना भाइरसको नयाँ रुप ओमिक्रोन देखापरेको पुष्टि नभएको बताउनुभयो । उहाँले नेपालमा अहिलेसम्म नदेखिए पनि फैलिने सम्भावना रहेको जानकारी दिनुभयो । “नेपालमा पनि उक्त भाइरस फैलिने सम्भावना उच्च छ”, सहप्रवक्ता डा. अधिकारीले भन्नुभयो, “तर हामी फैलिन नदिनका लागि तयारी अवस्थामा छौँ ।”

उहाँका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र भारतसँग सिमाना जोडिएका नाकामा रहेका सहायता कक्षले विदेशबाट आउने व्यक्तिमा ओमिक्रोन भाइरसको सङ्क्रमण छ वा छैन भनेर निगरानीलाई तीव्र पारेको छ । यस्तै विदेशबाट आउनेलाई क्वारेन्टाइनमा राख्ने गरिएको र ती व्यक्तिमा कस्तो लक्षण देखिएको छ, सोको पनि निगरानी गरिएको मन्त्रालयका सहप्रवक्ता डा. अधिकारीले जानकारी दिनुभयो । ओमिक्रोन भाइरस नयाँ भएकाले यो कति द्रुततगतिमा फैलिन सक्छ र यसले कस्तो असर पार्दछ भनेर अध्ययन हुन बाँकी छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?