logo
२०८१ बैशाख १३ बिहीवार



गमगढीमा आगलागी : २५ करोडको क्षति, ८० परिवार विस्थापित

समाज |


गमगढीमा आगलागी : २५ करोडको क्षति, ८० परिवार विस्थापित


हुम्ला, मङ्सिर २ गते । सदरमुकाम गमगढीको तल्लो बजारमा गत मङ्गलबार राति भएको आगलागीबाट भएको क्षतिको प्रारम्भिक विवरण सार्वजनिक भएको छ ।

प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले आगलागीबाट ८० परिवार प्रतिशत विस्थापित भएको र २५ करोड ५५ लाख बराबरको क्षति भएको बताउनुभयो ।

आगालागीबाट पूर्ण र आंशिक गरेर ८० परिवार विस्थापित हुनुभएको उहाँको भनाइ छ । जसमा २५ घरधनी र ५५ भाडावाला रहनु भएको छ । प्रहरी नायब उपरीक्षक चित्रबहादुर भट्टराईका अनुसार घरधनीको २१ करोड २५ लाख र अन्य क्षति भाडावालाको भएकाे छ । विस्थापित परिवारकै निवेदनका आधारमा क्षतिको विवरण सङ्कलन भएको भट्टराईले बताउनुभयो ।

बुधवार कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीको नेतृत्वमा भूमि तथा कृषि सहकारीमन्त्री चन्द्रबहादुर शाहीको टोलीले आगलागी क्षेत्रको निरीक्षण गरेको छ । सरकारी टोली राहतसहित आगलागी क्षेत्रको निरीक्षणमा पुगेको हो ।

मङ्गलबार जिल्ला प्रशासन कार्यालयले घर जलेका परिवारलाई १५ हजार नगद, तीन वटा कम्मल र भाडामा बस्ने परिवारलाई १० हजार नगदसहित तीन वटा कम्बल राहत वितरण गरिसकेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?