logo
२०८० चैत्र १६ शुक्रवार



बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिनुहुँदै

मुख्य समाचार |
राजनीति |


बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिनुहुँदै


राममणि दाहाल

काठमाडौं, कात्तिक १० गते । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिने तयारी गर्नुभएको छ । बुधबार दिउँसो १ बजेका लागि बोलाइएको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री शाक्यले राजीनामा दिने तयारी गर्नुभएको हो ।

मुख्यमन्त्री शाक्यले विश्वास मतको प्रक्रियामा नजाने र राजीनामा दिने बताउनुभएको छ । आज बस्ने प्रदेशसभा बैठकमा विश्वासको मतमाथि उठेका प्रश्नहरुको जवाफ दिइसकेपछि राजीनामा दिन प्रदेश प्रमुखसमक्ष जाने उहाँले बताउनुभयो । मुख्यमन्त्री प्रदेशमा भदौ २ गते उहाँ मुख्यमन्त्री नियुक्त हुनुभएको थियो ।

नेकपा एमाले विभाजित भई नेकपा एकीकृत समाजवादी बनेपछि मुख्यमन्त्री शाक्यले संविधानअनुसार एक महिनाभित्र विश्वासको मत लिनुपर्ने थियो । मुख्यमन्त्री शाक्यले विश्वासको मतसम्बन्धी प्रस्ताव असोज २४ गते प्रदेशसभा सचिवालयमा पेश गर्नुभएको थियो ।

उक्त प्रस्तावमा कात्तिक ४ गते बागमती प्रदेशसभामा छलफल भएको थियो । त्यसपछि मत विभाजनका लागि बुधबारसम्मका लागि प्रदेशसभा बैठक स्थगित गरिएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?