logo
२०८० चैत्र १५ बिहीवार



उत्तरी चीनको रासायनिक भट्टी विस्फोट हुँदा ४ जनाको मृत्यु ३ घाइते

फिचर |


उत्तरी चीनको रासायनिक भट्टी विस्फोट हुँदा ४ जनाको मृत्यु ३ घाइते
सांकेतिक तस्बिर


ओहोट, कात्तिक ६ गते । उत्तरी चीनको भित्री मंगोलिया स्वायत्त क्षेत्रको एउटा रासायनिक कारखानामा शुक्रबार बेलुका विस्फोट हुँदा चार जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् ।

उक्त विष्फोट राति ११ः०० बजे भएको थियो । अल्क्सा लीग (प्रिफेक्चर) को बायन ओबो औद्योगिक पार्कमा रहेको रासायनिक प्लान्टको कार्यशालामा शुक्रबार लागेको आगो शनिबार बिहानै निभाइएको छ ।

फर्मका कानुनी प्रतिनिधिलाई स्थानीय सार्वजनिक सुरक्षा अधिकारीहरूले नियन्त्रणमा लिएका छन् भने कम्पनीले उत्पादन रोकेको छ ।

दुर्घटनाको कारण पत्ता लगाउन क्षेत्रीय सरकारले छानबिन टोली गठन गरेको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?