logo
२०८० चैत्र १६ शुक्रवार



खोपमा नागरिकको पहुँच सुनिश्चित गरौँ

मुख्य समाचार |


खोपमा नागरिकको पहुँच सुनिश्चित गरौँ


गोरखापत्र समाचारदाता

काठमाडौँ, असोज ११ गते । महामारीका समयमा न्यायोचित र समतामूलक पहुँचको सुनिश्चिततासहित नागरिकलाई निःशुल्क खोप उपलब्ध गराउनुपर्ने निष्कर्ष निकाल्दै नेपाल चिकित्सक सङ्घको सम्मेलन सम्पन्न भएको छ ।
सङ्घको पहिलो राष्ट्रिय स्वास्थ्य सम्मेलनले १२ बुँदे घोषणापत्र समेत जारी गरेको छ । सङ्घका अध्यक्ष डा. लोचन कार्कीका अनुसार नेपालमा कोभिड–१९ को जोखिम कायम रहेकाले ज्येष्ठ नागरिक, बालबालिका, गर्भवती र अग्रमोर्चामा रहेर कार्य गरिरहेकाहरू बढी प्रभावित भएको निष्कर्ष सम्मेलनले निकालेको छ ।
यस्तै महामारीमा आफू र आफ्नो ज्यान जोखिममा राखेर अहोरात्र महामारीको रोकथाम, नियन्त्रण तथा उपचारमा खटिने सम्पूर्ण स्वास्थ्यकर्मी, सरसफाइकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मीलगायत महìवपूर्ण योगदान दिनुहुने सम्पूर्णमा सम्मेलनले हार्दिक कृतज्ञता समेत व्यक्त गरेको छ । 

अध्यक्ष डा. कार्कीले सबल र सक्षम जनशक्ति एवं चुस्त स्वास्थ्य प्रणाली स्वास्थ्य क्षेत्रको मेरुदण्ड भएकाले यसको व्यवस्थापन र वृत्ति विकासका लागि स्वास्थ्य सेवा ऐनलाई परिमार्जन गर्दै र चिकित्सक ऐन ल्याइनुपर्ने बताउनुभयो । यस्तै, महामारीलगायत अन्य जनस्वास्थ विपत्तिको स्थितिमा पूर्वतयारी र प्रतिकार्यलाई सबल र सक्षम जनशक्तिको आवश्यकता रहेको सङ्घले जनाएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?