logo
२०८० चैत्र १५ बिहीवार



कपिलवस्तु अस्पतालमा पहिलो पटक पित्तथैलीको शल्यक्रिया

स्वास्थ्य |
प्रदेश |


कपिलवस्तु अस्पतालमा पहिलो पटक पित्तथैलीको शल्यक्रिया


जानु पाण्डे
कपिलवस्तु असोज ९ गते । कपिलवस्तु अस्पताल तौलिहवामा पहिलो पटक पित्तथैलीको शल्यक्रिया सम्पन्न भएको छ । शनिवार दिउसो २ घण्टा ३० मिनेट लामो शल्यक्रिया गरी वर्ष २६ को प्रमिला केवटको पित्तथैली निकालिएको अस्पतालका मेडिकल अधिकृत डा. गणेश क्षेत्रीले बताउनुभयो ।

अस्पतालका मेसु.डा. किशोर बन्जाडे, सर्जन डा. सागर रिमाल, डा सहजाद खान, डा. गौतम झा लगायतको टिमले शल्यक्रिया गर्नुभएको थियो । ओपन सर्जरी (चिरेर गर्ने शल्यक्रिया) विधिको प्रयोग गरी शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ ।

शल्यक्रिया गराउनु भएकी केवटको अवस्था सामान्य छ । अस्पतालमा यस अगाडि शल्यक्रिया गरी बच्चा निकाल्ने, पाइल्सको उपचार, हाइड्रोशीलको उपचार सफलतापूर्वक सम्पन्न भएको थियो । अस्पताललाई ५० शैय्यामा स्तरोन्नती गरिएपछि अप्रेशन सेवा सञ्चालनमा आएको थियो । अस्पतालमा भदौ महिनामा मात्र ८६ शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?