logo
२०८० चैत्र १५ बिहीवार



बंगलादेशमा ५० लाख कोरोनाविरुद्धको चिनियाँ खोप पुग्यो

अन्तर्राष्ट्रिय |


बंगलादेशमा ५० लाख कोरोनाविरुद्धको चिनियाँ खोप पुग्यो


ढाका, असोज ३ गते । बंगलादेशमा चीनमा निर्मित कोरोनाविरुद्धको थप ५० लाख खोप लगिएको छ । सो खोप शनिबार बगलादेश पुगेको बताइएको छ । चिनियाँ कम्पनी सिनोफार्मद्धारा निर्माण गरिएको सो खोप चीनको सहयोगमा बगलादेश पुगेको बताइएको हो । बंगलादेशको स्वास्थ्य मन्त्रालयका प्रवक्ता मैदुल इस्लाम प्रोधानले सो कुराको जानकारी दिनुभयो ।

प्रवक्ता मैदुलले भन्नुभयो– शनिबार बंगलादेशको राष्ट्रिय एयरलाइन्स् विमान बंगलाबाट अपरान्ह २ बजे ५० लाख डोज खोप बंगलादेश आइपुगेको छ । चीन सरकारसँग भएको महामारी विरुद्धको लडाइँमा सहयोगस्वरुप बंगलादेशले सो खोप प्राप्त गरेको हो । चीन सरकारले बंगलादेशलाई यसअघि पनि खोप सहयोग गरेको थियो ।

बंगलादेशको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म बगलादेशले चीनबाट करिब २ करोड ५० खोप सहयोग गरेको छ । यो सबै चीनले अनुदान स्वरुप बंगलादेशलाई उपलब्ध गराएको खोप भएको पनि बताइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?