logo
२०८० चैत्र १६ शुक्रवार

  काठमाडौंमा निषेधाज्ञा थप  



डीएमसीसीसँगकाे समन्वयमा मात्र विद्यालय सञ्चालन गर्न पाइने

खुला |


डीएमसीसीसँगकाे समन्वयमा मात्र विद्यालय सञ्चालन गर्न पाइने


काठमाडौं, भदौ ३१ गते । काठमाडौं जिल्लामा निषेधाज्ञा थपिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले असोज १ गतेबाट अर्को आदेशन जारी नभएसम्म लागू हुने गरी निषेधाज्ञा थप गरेको हो ।
प्रमुख जिल्ला अधिकारी  गोविन्दप्रसाद रिजालले असोज १ गते शुक्रबारबाट लागू हुने गरी निषेध आदेश जारी गर्नुभएको हो । जारी आदेशमा भौतिक रुपमा विद्यालय सञ्चालन गर्न नपाइने उल्लेख गरिएको छ । सञ्चालन गर्नै पर्ने अवस्थामा भने स्थानीय तहले अवस्थाको विश्लेषण गरेर जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रसँग समन्वय गरी सञ्चालन गर्न सकिने आदेशमा उल्लेख गरिएको छ ।
यसैगरी कोरोना सङ्क्रमण बढेको अवस्थामा जुनसुकै समयमा आदेशका व्यवस्थाहरु परिवर्तन हुन सक्ने उल्लेख गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?