logo
२०८१ बैशाख ८ शनिवार



विभिन्न कार्यक्रम गरी तीज मनाईयो

समाज |


विभिन्न कार्यक्रम गरी तीज मनाईयो
तीज पर्वको अवसरमा एक ठाउँमा भेला भई तीज मनाउँदै महिलाहरु । तस्विर - माला कर्ण



माला कर्ण
सप्तरी, भदौ २४ गते । हरितालिका तीज बिहीबार हिन्दु महिलाले भव्य रुपमा मनाएका छन् । तीजलाई सांस्कृतिक पर्वको रुमपा पनि मानिन्छ । यस पर्वको अवसरमा महिलाहरु नाजगान, प्रतियोगिता गरी मनाएका छन् ।
तीजको अवसरमा राजविराजमा महिलावादी संस्थाहरुले पनि छुट्टाछुट्टै कार्यक्रम गरी मनाएका छन् । खडक र शम्भुनाथ नगरपालिकाका महिलाहरुले शम्भुनाथ मन्दिरमा तीज महोत्वस कार्यक्रम गरी मनाएका छन् ।
शास्त्रीय रुपमा महिला, पुरुष दुवैले हरितालिका (तीज)को व्रत गर्नुपर्ने भए पनि सामाजिक चर्चा भने महिलाले श्रीमानको दीर्घायुको कामनाका लागि गर्ने बुझाइ छ।
भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व र चौरचन एकै दिन यस वर्ष परेको छ।
तीज पर्वको अवसरमा महादेवको मन्दिरहरुमा महिलाहरुको भीड देखिएको छ। भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ। सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने बरदान पाएकी थिइन् तर पिता हिमालयले पार्वतीको इच्छा विपरीत विष्णुसित विवाह गरिदिन खोजेपछि साथीहरुलाई आफ्नो समस्या सुनाइन्।
पार्वती समस्यामा परेको थाहा पाएपछि उनका साथीहरुले हरण गरेर लगी कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिए। साथीहरुले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत गरी महादेवलाई प्राप्त गरिन्। यसरी पार्वती साथीद्वारा हरण भएको दिन भाद्र शुक्ल तृतीयाको दिन भएकाले त्यही समयदेखि हरितालिका (तीज)को व्रत लिने प्रचलन सुरु भएको धर्मशास्त्रीय मत छ।
त्यस्तै तीज पर्वको अवसरमा राजविराज, रुपनी, शम्भुनाथ, सितापुर, कन्चनपुर लगायतका बजारहरुमा भव्य रुपमा सांस्कृतिक कार्यक्रमको आयोजना गरी तीज मनाइएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?