logo
२०८१ बैशाख ७ शुक्रवार

  सन्दर्भ अन्तर्राष्ट्रिय लागू औषध विरुद्धको दिवस  



अभिभावक जिम्मेवार नबन्दा युवा कुलतमा फस्दै

राष्ट्रिय |


अभिभावक जिम्मेवार नबन्दा युवा कुलतमा फस्दै


देवबहादुर कुँवर
काठमाडौँ, असार १२ गते । छोराछोरी लागूऔषधको कुलत फस्नुमा मुख्य दोषी को ? साथीसंगी, अभिभावक तथा घरपरिवार वा स्वयम् ब्यक्ति । जानकारहरु भन्छन्– अभिभावक तथा घरपरिवार मुख्य दोषी । त्यसपछि साथीसंगी र स्वयम् आफैँ पनि ।
नेपालको सन्दर्भमा अभिभावक तथा घरपरिवारका कारण लागूऔषधको कुलतमा फस्ने छोराछोरीको संख्या उल्लेख्य छ । लागूऔषध विरुद्धको अभियानमा सक्रिय ऋषिराम ओझाका अनुसार, सन्तानका क्रियाकलापप्रति अभिभावक जिम्मेवार नबन्दा युवा लागूऔषधको कुलतमा फस्दै छन् ।
केही वर्षअघिको एक अध्ययनले नेपालमा एकलाख लागूऔषध प्रयोगकर्ता रहेको तथ्याङ्क सार्वजनिक गरेको थियो । सो सङ्ख्या बढ्दो दरमा रहेको थियो । लागूऔषध अनुसन्धाकर्ता प्रहरी नायव उपरीक्षक अपिल बोहरा अभिभावक, समाज, साथीसंगी र स्वयम् ब्यक्ति मुख्य जिम्मेवार रहेको बताउनुहुन्छ ।
‘लागूऔषध रहित परिवारः स्वस्थ जीवनको आधार’ भन्ने मूलनाराका साथ शनिवार (जुन २६ तारिख) अन्तर्राष्ट्रिय लागूआंैषध विरुद्धको दिवस–२०७८ मनाइँदै छ । गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई सो दिवस मनाउन निर्देशन दिएको छ ।
मन्त्रालयका सहसचिव जयनारायण आचार्यले युवावर्गलाई लागूऔषधको कुलतबाट जोगाउन अभिभावक, घर–परिवार र समाजभित्रको वातावरण महत्वपूर्ण हुने भएकाले यस पटक लागूऔषधरहित परिवारः स्वस्थ जीवनको आधार नारा छनोट गरिएको बताउनुभयो ।
प्रत्येक वर्ष जुन २६ तारखलाई अन्तर्राष्ट्रिय लागूपदार्थ तथा अवैध ओसारपसार विरुद्धको दिवसको रुपमा मनाइँदै आएको छ । उहाँका अनुसार, संयुक्त राष्ट्रसङ्घबाट सन् १९८७ मा जारी लागूऔषध नियन्त्रणसम्वन्धी घोषणापत्रमा सो दिवस मनाउने निर्णय गरेको हो ।
भारतसँगको खुला सीमाका कारण नेपालमा लागूऔषध ओसारपसार, कारोवार तथा दुरुपयोग गम्भीर चुनौतीका रुपमा देखिन थालेको छ । यसको नियन्त्रणका लागि राज्य, समाज, सुरक्षा निकाय र घरपरिवारको समूहिक सहभागिता अनिवार्य गरिएको छ ।
लागूऔषध मुक्त घरपरिवार र समाज निर्माण गर्न विभिन्न कक्षाको पाठ्यपुस्तकमा यस सम्वन्धी सूचना तथा सचेतना मूलक सामाग्री समेट्ने तयारी भइरहेको छ । गृह मन्त्रालय अन्तरगत लागूऔषध नियन्त्रण विभाग गठनको प्रस्ताव पनि गरिएको छ ।
त्यस्तैं, ७७ वटै जिल्ला प्रशासन कार्यालयहरुमा लागू औषध नियन्त्रण शाखा स्थापना गरी ‘हेल्प डेस्क’ राख्ने तयारी भएको छ । अभिभावक तथा घरपरिवारलाई छोराछोरीका नियमित क्रियाकलापप्रति सतर्क र विद्यालय, कलेजदेखि समाजलाई जिम्मेवार बनाउने रणनीति लिएको छ ।
नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोले अबैधरुपमा आयातित लागूऔषध पूर्णरुपमा नियन्त्रण गरी युवावर्गलाई कुलतको बाटोबाट जोगाउन सबै जिम्मेवार हुनुपर्ने जनाएको छ । लागूऔषध विरुद्धको दिवसको अवसरमा भर्चुअल मिटिङ तथा छलफल र साहित्य सिर्जनात्मक कार्यक्रम गरिँदैछ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?