logo
२०८१ बैशाख ८ शनिवार

  दृश्य समाचार  



शुरूभयाे भक्तपुरको बिस्का जात्रा

समाज |


शुरूभयाे भक्तपुरको बिस्का जात्रा


मनाेजरत्न शाही/केशब गुरूङ्ग
भादगाउँ, चैत २८ गते । सांस्कृतिक एवं ऐतिहासिक महत्वको भक्तपुरको प्रसिद्ध बिस्का जात्रा आजबाट शुरु भएको छ । यो जात्रा भक्तपुर नौ दिन आठ रात सम्म चल्ने छ । जात्रा आज साँझ टौमढीस्थित ङातापोल मन्दिर अगाडिबाट भैल खः ले भैरवनाथको रथ तानातान गर्दै शुरू भएकाे थियाे ।

काठैकाठले प्यागोडाशैलीमा निर्माण गरिएको तीन तल्ले रथमा रथभित्र भैरवनाथको मूल देवता र अगाडि बेताल देवतालाई विराजमान गराई पाँचतल्ले मन्दिर प्राङ्गणबाट थने (माथिल्लो) र क्वने (तल्लो) टोलतर्फ तानातान गर्न थालेपछि यो वर्षको जात्रा शुरु हुन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?