logo
२०८० चैत्र १६ शुक्रवार



पूर्वजन्म : सत्य हो र ?

विचार/दृष्टिकोण |


पूर्वजन्म : सत्य हो र ?


मणिरत्न शाक्य

भनिन्छ, यस धरतीमा जन्मने प्रत्येक मानिसको जीवन उसको पूर्वजन्मस‘ग जोडिएको हुन्छ । पूर्वजन्ममा गरेको कर्मकै कारण मानिसको पुनर्जन्म हुन्छ र जीवनमा दुःख, सुख भोग्ने गर्छन् । यस अर्थमा मानिसको जीवनमा पूर्वजन्मको महŒवपूर्ण भूमिका रहेको हुन्छ र मानिस आफ्नोे पूर्वजन्मबारे थाहा पाउने चाहना राख्ने गर्छन् ।
आधुनिक युगमा हिपनोथेरापिस्ट अर्थात् सम्मोहन चिकित्सकको सहायताले पूर्वजन्मको कुरा थाहा पाउन सकिने भएको छ । जुन अद्भुत र सनसनीपूर्ण छ । यस्तो कार्यका लागि सम्मोहन चिकित्सकले पूर्वजन्मको कुरा थाहा पाउन चाहने व्यक्तिलाई हिपनोसिस अर्थात् सम्मोहन गरी बेहोश पार्ने गर्छ । तर, अर्धचेतन मनका कारण उसले बोल्न सकिरहेको हुन्छ । तसर्थ, सम्मोहन चिकित्सकले त्यस व्यक्तिलाई उसले जान्न चाहेका पूर्वजन्मका कुरा सोध्ने गर्छ, जुन उसले जवाफ फर्काइरहेको हुन्छ ।
तर, पूर्वजन्मको कुरा कति पत्याउने ? कति नपत्याउने ? प्रश्नचिह्न खडा भएको छ । कतिपय मानिस पूर्वजन्मलाई अन्धविश्वास ठान्ने गर्छन् भने कतिपय यसकै कारण वर्तमान जीवन प्रभावित हुन्छ भन्ने विश्वास गर्छन् । यही कारण आजको युगमा विश्वका विभिन्न स्थानमा यसबारे अध्ययन, अन्वेषण भइरहेको सुनिन्छ । संयुक्त राज्य अमेरिकास्थित स्ट्यान्डफोर्ड विश्वविद्यालयले पूर्वजन्मबारे थाहा पाउने विधि हिप्नोथेरापीको वैज्ञानिकताबारे व्यापक अध्ययन गरिरहेको छ भने भर्जिनिया विश्वविद्यालयले पूर्वजन्म र पुनर्जन्मबारे विगत ५० वर्षदेखि अनुसन्धान गर्दै आइरहेको छ । भर्जिनिया विश्वविद्यालयलका मनोचिकित्सक डा. जिमी टक्करका अनुसार पूर्वजन्मको कुरा पत्याउनुपर्ने आधार थुप्रै छन्, जुन सत्य हुन सक्छ ।
विगत २० वर्षदेखि बालबालिकाको पूर्वजन्मबारे अनुसन्धान गर्दै आइरहनुभएका डा. टक्कर भन्नुहुन्छ– मानिसको पुनर्जन्म उनकै पूर्वजन्मका कारण हुने गर्छ । बुद्ध धर्मअनुसार पनि मानिसको पुनर्जन्म, उसले पूर्वजन्ममा गरेको कर्मभोगका लागि हुन्छ, चाहे त्यो राम्रो वा नराम्रो कर्मभोगका लागि । तर, कर्मभोग गर्नु नपर्ने अवस्थामा मानिसको जन्म हुन पनि हु‘दैन ।
सम्मोहन चिकित्सकहरू पूर्वजन्मको कुरा विश्वास गर्न सक्ने आधार भएको बताउ‘दै भन्छन्, ‘मानिसले पूर्वजन्मको कुरा थाहा पाउन सके पूर्वजन्ममा गरेका कुशल वा अकुशल कर्मको साथै उसको मृत्युको कारणसमेत थाहा पाउन सक्ने हुन्छ । जुन वर्तमान जीवनमा उसको आगामी दिनका लागि दिशानिर्देश हुन सक्छ । पूर्वजन्ममा भएका सानोदेखि गम्भीर घटनासमेत थाहा पाउन सक्ने भएकाले मानिस अहिले पनि पूर्वजन्मको कुरा थाहा पाउन अर्थात् पूर्वजन्म यात्रा गर्न रुचाउ‘छन् ।
भारतमा यस्तो गतिविधिबारे व्यापक प्रचार–प्रसार भइरहेको सुनिन्छ । त्यहाँका प्रसिद्ध रेकी गुरु डा. एनके शर्मा जो रेकी हिलिङ फाउन्डेसनका संस्थापक अध्यक्ष हुनुहुन्छ, उहाँ अहिले सम्मोहन चिकित्सकका रूपमा कार्य गर्दै आइरहनुभएको छ । नेपालमा पनि रेकी दीक्षाका लागि आइरहनुहुने डा. शर्माका अनुसार उहाँले २१ हजारभन्दा बढी मानिसलाई पूर्वजन्म यात्रा गराइसक्नुभएको छ । यसले उहाँलाई पूर्वजन्मबारे थुप्रै अनुभव सङ्कलन गर्ने मौका मिलेको छ ।
उहाँ भन्नुहुन्छ कि मानिसको जन्म र मरण एउटा प्राकृतिक प्रक्रिया हो जसले मानिसको स्वरूप परिवर्तन हुन्छ । अर्काे शब्दमा भन्दा मानिसको जन्म उसकै पूर्वजन्मको परिवर्तित स्वरूप हो । अर्थात् यस जन्ममा मानिस भएर जीवन गुजारा गरिरहेकाहरू पूर्वजन्ममा पनि मानिसकै रूप धारण गरेका थिए । उहाँको अनुभवमा अघिल्लो जन्ममा पशु, पक्षी वा अन्य जीव भएर जन्मेकाहरू यो जन्ममा मानिस भएर जन्मने गरेको पाइँदैन । डा. टक्करको अध्ययनले पनि मानिसको पुनर्जन्म उसकै मानवरूपी अघिल्लो जन्मको अविच्छिन्नता भएको बताइएको छ । ९० प्रतिशत मानिसको लिङ्ग अघिल्लो जन्ममा जे छ, यो जन्ममा त्यही हुने गरेको छ ।
पूर्वजन्मबारे डा. शर्मा पुनः भन्नुहुन्छ– यो जन्ममा लोग्ने र स्वास्नी भएर जीवन निर्वाह गरिरहेकाहरू पूर्वजन्ममा पनि लोग्ने र स्वास्नी भएको पनि पाइएको छ । पूर्वजन्ममा लोग्ने र स्वास्नी भएर जीवन निर्वाह गरेको कुशल कर्मको फलका कारण यो जन्ममा पनि लोग्ने र स्वास्नी हुने अवसर प्राप्त भएकोे विश्वास गर्न सकिन्छ । डा. शर्मा थप्नुहुन्छ– पूर्वजन्ममा गरेको ‘एक्सन’ यो जन्ममा ‘रियाक्सन’का रूपमा प्रकट हुन्छ ।
नेपालमा पूर्वजन्म यात्राबारे कमैमात्र सुन्न पाइन्छ । तर, भारतमा यस्तो कार्यका लागि कार्यालय नै सञ्चालन भएका छन् । त्यहाँ पूर्वजन्म यात्राका लागि मानिस प्रायः समूहमा आउने र कोही एक्लै आउने गरेको बताइएको छ । यही सिलसिलामा भारतमा सम्मोहन चिकित्सकका रूपमा कार्य गर्दै आइरहनुभएकी डा. श्रुति माथुरका अनुसार पूर्वजन्म यात्राका लागि मानिस मुख्यतः दुई कारणले आउने गर्छन् । एक, पूर्वजन्मको अनुभव लिन र दोस्रो यो जन्ममा कष्टकर जीवन बिताइरहेकाहरूले पूर्वजन्मबारे थाहा पाऊन् । यसबाहेक एकथरी मानिस जसको यो जन्ममा कोहीस‘ग विशेष सम्बन्ध रहेको छ, त्यसबारे थाहा पाउन आउने गर्छन् । यस्तै एउटा घटना उहाँले सुनाउन भएको छ ः
एकजना चिकित्सक आफ्नी छोरीलाई असाध्यै माया गर्ने रहेछन् । कामको सिलसिलामा कतै बाहिर गए पनि उनलाई छोरीकै याद आउने र छोरीलाई केही होला भन्ने डरले सताउने गथ्र्याे । छोरीको धेरै नै माया लाग्ने र छोरीबारे अनावश्यक कुरा मनमा उठिरहने कारण उनीहरूको पूर्वजन्मको सम्बन्धबारे थाहा पाउन चाहेका रहेछन् । उनीहरूको पूर्वजन्म यात्रा क्रममा चिकित्सक एकजना व्यापारी रहेछन् भने उनकी छोरी व्यापारीकै कार्यालयमा काम गर्ने एकजना महिला कर्मचारीकीछोरी रहिछन् ।
जसलाई व्यापारीले उनकी आमाको देहावसानपछि सानै उमेरदेखि धर्मपुत्रीका रूपमा पालिराखेको रहेछ । यो जन्ममा उनीहरू साँच्चै बाबु र छोरी भएर जन्म भएको रहेछ ।
यस घटनाले पूर्वजन्मको कर्मको फल यो जन्ममा देखापर्छ भन्ने विश्वास गर्न सक्ने आधार भएको डा. माथुर भन्नुहुन्छ । उहाँ पुनः भन्नुहुन्छ कि कुशल कर्मको फल कुशल मङ्गल हुन्छ भने अकुशल कर्मको फल अकुशल नै हुन्छ । र, पूर्वजन्ममा हत्या, हिंसा गरेकाहरू यो जन्ममा विभिन्न किसिमको रोग र समस्याले ग्रसित भई दर्दनाक जीवन बिताउ‘दै अकालमै मृत्यसमेत हुने गरेको छ ।
यसै सिलसिलामा पूर्वजन्म यात्रा गर्नेहरू कोही पूर्वजन्मको कुरा थाहा पाउनु आगामी दिनका लागि राम्रो हुने बताउँदै यसले जीवनलाई सही दिशातिर मोड्ने आशा लिएको बताउ‘छन् । तर, कोही भने यसले जीवन झन् दिक्दारी र उदास हुने भएकाले यस्तो कार्यबाट अलग्गै रहनु राम्रो हुने बताउ‘छन् ।
(लेखक अध्यापनमा संलग्न हुनुहुन्छ ।)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?